विश्वभर ८० प्रतिशतले बढ्यो दादुरा

विश्वभर ८० प्रतिशतले बढ्यो दादुरा
नेपालआईज
१६ वैशाख २०७९ १:५२

यसवर्ष विश्वभर दादुराका घटनाहरू लगभग ८० प्रतिशतले बढेको राष्ट्र संघले जनाएको छ। रोग वृद्धिले अन्य रोगहरूको प्रकोप हुने सम्भावना संकेत गरेको पनि राष्ट्र संघले चेतावनी दिएको छ।

कोरोनाभाइरस महामारीले विश्वभर कोरोना बाहेकका रोगहरूका लागि खोप अभियानहरू अवरुद्ध गरेको र यसले लाखौँ बालबालिकाको जीवनलाई जोखिममा पार्न सक्ने राष्ट्रसंघीय बाल कोष युनिसेफ र विश्व स्वास्थ्य संगठनले जनाएका छन्।

राष्ट्रसंंघको तथ्यांकअनुसार जनवरी र फेब्रुवरीमा विश्वभर १७ हजार ३ सय जनामा दादुरा देखिएको छ। गतवर्ष सोही अवधिमा ९ हजार ६ सय जनामा यो रोग देखिएको थियो।

पछिल्लो १२ महिनादेखि अप्रिलसम्म दादुराका २१ वटा ठूला प्रकोप भएका छन्। तीमध्ये अधिकांश अफ्रिका र पूर्वी भूमध्यसागरमा देखिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर