एजेन्सी- सन् २०२१ मा युरोप जाने क्रममा भूमध्यसागर र एट्लान्टिकमा ३,००० भन्दा बढी व्यक्तिको मृत्यु वा बेपत्ता भएका संयुक्त राष्ट्रसंघले दावी गरेकाे छ। यो संख्या सन् २०२० को तुलनामा दोब्बर हो।
गत वर्ष भूमध्यसागर र एट्लान्टिक मार्ग पार गर्ने क्रममा ३ हजार ७७ जना हराएका थिए। जबकि सन् २०२० मा यो संख्या १५४४ थियो।
यस वर्षको सुरुदेखि अहिलेसम्म थप ४७८ व्यक्तिहरूको समुद्रमा मृत्यु भएको वा बेपत्ता भएका शरणार्थीहरूका लागि संयुक्त राष्ट्रसंघीय उच्चायुक्तको कार्यालय (युएनएचसिआर)का प्रवक्ता साबिया मन्टुले जेनेभामा पत्रकारहरूलाई जानकारी दिए।
राष्ट्रसंघको शरणार्थीसम्बन्धी निकाय युएनएचसीआरको पछिल्लो प्रतिवेदनले शरणार्थी र युरोप पुग्न खोज्ने अन्य आप्रवासीहरूबीच बढ्दो मृत्युलाई रोक्न तत्काल कदम चाल्न माग गरेको छ।