बुद्धजयन्तीमा लुम्बिनी आउँदै छन् भारतीय प्रधानमन्त्री मोदी

बुद्धजयन्तीमा लुम्बिनी आउँदै छन् भारतीय प्रधानमन्त्री मोदी
नेपालआईज
१९ वैशाख २०७९ १२:५२

काठमाडौँ- बुद्धजयन्तीका अवसरमा जेठ २ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बुद्धजन्मस्थल लुम्बिनी आउने भएका छन्। नयाँ दिल्लीस्थित स्रोतका अनुसार भारतीय प्रधानमन्त्री मोदी सांस्कृतिक भ्रमणको सिलसिलामा बुद्ध पूर्णिमाका अवसरमा लुम्बिनी आउने भएका छन्।

यद्यपि भ्रमणको ‌‍औपचारिक कार्यतालिका सार्वजनिक भइसकेको छैन। परराष्ट्र स्रोतले भने मोदी भ्रमणबारे अनभिज्ञता प्रकट गरेको छ। पहिलो कार्यकालमा तीनपटक नेपाल भ्रमण गरेका मोदीले दोस्रो कार्यकालमा नेपाल भ्रमण गरेका छैनन्।

प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका बेला उच्चस्तरीय राजनीतिक भेटघाट भइसकेकाले यसपटकको भ्रमण बढी सांस्कृतिक हुने दिल्लीको दाबी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर