भवन भत्किँदा नौ जनाको मृत्यु

भवन भत्किँदा नौ जनाको मृत्यु
नेपालआईज
२० वैशाख २०७९ १३:५१

नाइजेरियामा एक भवन भत्किँदा त्यसमा परेर मृत्यु हुनेको संख्या नौ पुगेको जनाइएको छ । सोमबार दक्षिणी नाइजेरियाली लागोस राज्यको एक नगरमा तीन तले भवन भत्किएको र त्यसमा परेर नौ जनाको ज्यान गएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार ओनिग्बो नगरमा रहेको तीन तले भवन भत्किँदा त्यसमा परेर आठ जनाको मृत्यु भएको ताइएकोमा सोमबार राति थप एक जनाको शव भेटिएको हो ।

हिजो सो भत्किएको भवनको भग्नावशेषबाट एक चार वर्षको बच्चाको शव निकालिएको थियो। सो भवनमा अरु पनि व्यक्ति पुरिएको हुनसक्ने आशंकामा उद्धारको काम जारी राखिएको छ ।

सो भवनमा के कति मानिस थिए भन्ने बारेमा यकिन भने हुन सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर