भारतको आन्ध्र प्रदेशमा असानी आँधी

भारतको आन्ध्र प्रदेशमा असानी आँधी
नेपालआईज
२८ वैशाख २०७९ १२:२९

भारतको आन्ध्र प्रदेशमा बुधबार बिहान असानी आँधी आएको छ। आन्ध्र प्रदेशका प्रहरीका अनुसार आँधीको तिब्र बहाबपछि प्रदेशका सडकहरु क्षतिग्रस्त भएका छन्। सवारी साधनलाई नियन्त्रण गर्नको लागि २ चेक पोस्ट बनाईको छ। क्षतिग्रस्त सडकमा सवारी आवागमन रोक लगाइएको छ।

मौसम विभागका अनुसार आँधी केही घण्टामा उत्तर तर्फ बढिरहेको छ। बुधबार रातीसम्म पश्चिम बंगालको खाडीमा आँधी पुग्ने अनुमान गरिएको छ।

आँधीको कारण बिशाखापटनम विमानस्थलबाट हुने २३ ओटा उडान रद्द भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर