सिड्नीमा  तालबराही कप २०२२ आयोजना हुँदै

सिड्नीमा  तालबराही कप २०२२ आयोजना हुँदै
नेपालआईज
२५ साउन २०७९ १३:०३

सिड्नी । विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि फेवा एफसी फुटबल क्लबको आयोजनामा एक दिवसीय फुटबल प्रतियोगिता हुने भएको हो ।अगस्ट १४ आइतबारका दिन अवर्नको बेब्स एभिन्यूमा प्रतियोगिता आयोजना हुँदै छ ।

खेलको माध्यमबाट अस्ट्रेलियामा बसोबास गर्ने सबै फुटबल प्रेमी नेपालीहरूबिच सीप र अनुभवहरू बाँडफाँड गर्ने तथा प्रदर्शन गरेर सद्भाव ल्याउन साथै भाइचारा विस्तार गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको फेवा एफसीका अध्यक्ष विश्वास गुरुङले जानकारी दिए ।तेस्रो तालबराही कप गत वर्ष नै आयोजना गर्ने भनिए पनि लामो समयदेखि कोरोना सक्रंमणका कारण कार्यक्रम हुन सकेको थिएन ।

उक्त प्रतियोगितामा खुला तर्फ २४ समूह तथा ३५ वर्ष माथिका भेट्रान खेलाडीहरूका ८ समूह गरी ३२ समूहले भाग लिने भएका छन् ।आयोजकका अनुसार खुला तर्फको प्रतियोगितामा प्रथम हुने समूहले ४ हजार अष्ट्रेलियन डलरसहितको पुरस्कार पाउने छन् भने उपविजेताले १५ सय डलर पाउनेछन् । प्लेयर अफ द टुर्नामेन्ट हुने खेलाडीले १ सय डलर, सबैभन्दा बढी स्कोर ल्याउनेले १ सय डल, बेस्ट गोलकिपरले १ सय डलर पाउनेछन् ।

अध्यक्ष गुरुङका अनुसार अनुशासित समूहलाई उत्कृष्ट प्रस्तुति ट्रफी र प्रमाणपत्रहरू प्रदान गरिने भएको छ ।त्यस्तै ३५ बर्सभन्दा माथिका भेट्रान खेलाडीहरू तर्फ प्रथम हुने टिमलाई १ हजार डलर, द्धितिय हुनेलाई ५ सय डलर साथै बेस्ट प्लेयर, बेस्ट गोलकिपर, सबैभन्दा धेरै स्कोर ल्याउनेहरूलाई ट्रफी र प्रमाणपत्रसहित सम्मान गरिने भएको छ ।ग्रेस इन्टरनेशनल टाइटल स्पोन्सर रहेको उक्त प्रतियोगितामा रे प्रोपटिज एसोसियट स्पोन्सर र ब्राण्ड इजी प्लाटिनियम स्पोन्सर रहेको छ । अस्ट्रेलिया स्पोन्सरको रूपमा रहेको छ । त्यस्तै गोल्ड स्पोन्सरहरुमा हंग्री चिफ्स,ब्राण्ड ईजि अस्ट्रेलिया,डिलाईट टुर एण्ड ट्राभल्स, जोरिक गु्रप,ईटिसी कलेज,क्यापेला क्लिनिङ सर्भिस,स्ट्याण्ड आउट कमर्ल के डिभिटेशन र एक्टिभ मोर्टगेज एन्ड फाइनान्स रहेका छन् । भने सिल्भर स्पोन्सरहरुमा एभरेष्ट कम्युनिकेसन, नेपाल ज्वेलर्स तथा फरस्ट लेसन ड्राइभिङ्ग स्कुल, एवाइ क्लिनिङ सर्भिसेज, प्रिसेन्ट सर्भिसेज र किङ्स फर्ड इन्टरनेशनल इन्सटिच्युट रहेका छन् । त्यस्तै ब्राण्ड तर्फ बुद्ध एसियन ग्रोसरी होबार्ट र स्मुथ कन्भोएन्सिङ रहेको छ ।

प्रतियोगिता सञ्चालन गर्नको निम्ति पोखरा समाज अस्ट्रेलिया, एलजी एसोशियसन अस्ट्रेलिया, वेस्ट साईड ब्रदर वुड, मिडिया पार्टनरको रूपमा लण्डन नेपाल न्यूज, नेप्लिज अष्ट्रेलियन र नेपाली टचले साथ दिने भएका छन् । उक्त खेल फ्यूजन स्पोर्ट्स र गोल नेपाल मार्फत प्रत्यक्ष प्रसारण गरिने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर