काठमाडौं । परराष्ट्र मन्त्रालय तथा परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान, नेपालले “MoFA Nepal Summer Internship 2026” (ग्रीष्मकालीन इन्टर्नशिप २०२६) कार्यक्रम सुरु गरेको छ।
नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक क्षेत्रलाई थप प्रभावकारी र सुदृढ बनाउने उद्देश्यसहित कार्यक्रम सञ्चालन गरिएको जनाइएको छ। इन्टर्नशिप अन्तर्गत रणनीतिक मामिला (Strategic Affairs), विकास तथा वित्त (Development & Finance), उदीयमान प्रविधि (Emerging Technology), स्वच्छ ऊर्जा (Clean Energy) तथा नेपाली डायस्पोरा (Nepali Diaspora) सम्बन्धी पाँच प्रमुख विषयमा नीतिगत अध्ययन तथा अनुसन्धान गरिनेछ।
परराष्ट्र मन्त्रालयका अनुसार नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिक मामिलामा रुचि राख्ने स्वदेश तथा विदेशमा रहेका नेपाली विद्यार्थी, अनुसन्धानकर्ता तथा विज्ञहरूको ज्ञान, अनुभव र क्षमतालाई देशको नीति निर्माण प्रक्रियासँग प्रत्यक्ष जोड्ने उद्देश्यले कार्यक्रम ल्याइएको हो।
कार्यक्रममा सहभागी हुन इच्छुक व्यक्तिहरूले अनलाइनमार्फत आवेदन दिन सक्नेछन्। आवेदनका लागि तलको लिंक प्रयोग गर्न आग्रह गरिएको छ।