बेलायतको प्रतिष्ठित विश्वविद्यालयमा नेपाली प्राध्यापक डा. केशव गिरी सम्मानित

बेलायतको प्रतिष्ठित विश्वविद्यालयमा नेपाली प्राध्यापक डा. केशव गिरी सम्मानित
नेपालआईज
१५ जेठ २०८३ १०:५१

 

काठमाडौँ/बेलायतस्थित प्रसिद्ध सेन्ट एन्ड्र्युज विश्वविद्यालयको ‘स्कुल अफ इन्टरनेसनल रिलेसन्स’ (अन्तर्राष्ट्रिय सम्बन्ध संकाय) मा कार्यरत नेपाली प्राध्यापक डा. केशव गिरी प्रतिष्ठित ‘युनिभर्सिटी अवार्ड फर इन्क्लुसिभ टिचिङ’ (समावेशी शिक्षणका लागि विश्वविद्यालय पुरस्कार) बाट सम्मानित भएका छन्। सन् २०२५–२०२६ को प्राज्ञिक वर्षका लागि घोषित ‘युनिभर्सिटी टिचिङ एक्सीलेन्स अवार्ड्स’ अन्तर्गत डा. गिरीसहित उनको संकायका केही प्राध्यापकहरूले यो विशेष पदक प्राप्त गरेका हुन्। अन्तर्राष्ट्रिय सम्बन्ध र लैंगिकताका विषयमा प्राध्यापन तथा अनुसन्धान गर्दै आएका नेपाली विद्वान डा. गिरी सम्मानित भएसँगै अन्तर्राष्ट्रिय प्राज्ञिक क्षेत्रमा नेपालको गौरव बढेको छ।

विश्वविद्यालयभरि विश्व-स्तरको अनुसन्धानसँगै उत्कृष्ट एवं समावेशी शिक्षण सेवा प्रदान गर्ने संकायको निरन्तर प्रतिबद्धता अनुरूप डा. गिरीसँगै अन्य सहकर्मीहरूलाई पनि विभिन्न विधामा पुरस्कृत गरिएको स्कुल अफ इन्टरनेसनल रिलेसन्सले जनाएको छ।

यस वर्षको मुख्य ‘युनिभर्सिटी टिचिङ एक्सीलेन्स अवार्ड’का लागि संकायका तर्फबाट मनोनयनमा परेकी डा. क्याथरिना हुनफेल्ड (Dr Katharina Hunfeld) विश्वविद्यालयभरिका जम्मा चार उत्कृष्ट संकाय सदस्यहरूभित्र पर्दै सम्मानित भएकी छन्।

यस्तै, उत्कृष्ट शोधप्रबन्ध तथा परियोजना पर्यवेक्षकका लागि डा. फे डोनेली (Dr Faye Donnelly) ले ‘अन्डरग्रेजुएट अवार्ड’ प्राप्त गरेकी छन् भने शिक्षण पद्धतिमा उत्कृष्ट नवप्रवर्तन (Innovation) का लागि डा. टोनी ल्याङ (Dr Tony Lang) र डा. विलियम भ्लसेक (Dr William Vlcek) सम्मानित भएका छन्। नेपाली प्राध्यापक डा. केशव गिरीसँगै ‘समावेशी शिक्षण’ विधामा पुरस्कार साझा गर्ने अन्य प्राध्यापकहरूमा डा. क्यामिलो आर्डिला (Dr Camilo Ardila), डा. राहुल राव (Dr Rahul Rao) र डा. मलाका श्वाइख (Dr Malaka Shwaikh) रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको