अर्जेन्टिना छैटौं पटक विश्वकप फुटबलको फाइनलमा

अर्जेन्टिना छैटौं पटक विश्वकप फुटबलको फाइनलमा
नेपालआईज
२८ मंसिर २०७९ १:२७

विश्वकप फुटबल प्रतियोगितामा अर्जेन्टिना छैटौं पटक फाइनल प्रवेश गरेको छ। मंगलबार राति भएको खेलमा अर्जेन्टिनाले साविक उपविजेता क्रोएसियालाई ३-० ले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो। अर्जेन्टिनाको जितमा जुलियन अल्भारेजले २ गोल गर्दा लियोनेले मेसीले एक गोल र एक असिस्ट गरेका थिए।

जितसँगै अर्जेन्टिनाले यसअघि २०१८ को विश्वकपमा समूहचरणमा क्रोएसियासँग ३-० लेनै हारेको खेलको बदला समेत लिएको छ। यसअघि अर्जेन्टिना पछिल्लो पटक २०१४ को विश्वकपको फाइनलमा प्रवेश गरेको थियो। अर्जेन्टिना उक्त फाइनलमा जर्मनीसँग १-० ले पराजित हुँदै विश्वकप उपाधि जित्नबाट बञ्चित भएको थियो।

मंगलबार राति कतार स्थित लुसेइल रङ्गशालामा भएको खेलमा अर्जेन्टिनाले पहिलो हाफमा २ गोल गर्दा दोस्रो हाफमा थप एक गोल थपेको थियो। खेलमा अर्जेन्टिनाले ३४ औ मिनेटमा पेनाल्टीमार्फत पहिलो गोल गरेको थियो।

जुलियन अल्भारेजलाई क्रोएसियन गोलरक्षक लिभाकोभिकले फल गरेपछि पाएको पेनाल्टीलाई लियोनेल मेसीले गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका थिए।

चार मिनेट पछिनै अल्भारेजले काउन्टर याट्याकमा गोल गर्दै टिमलाई २-० को अग्रता दिलाएका थिए। पहिलो हाफमा २ गोलको अग्रता बनाएको अर्जेन्टिनाले दोस्रो हाफमा तेस्रो गोल गर्‍यो। ६९ औ मिनेटमा लियोनेल मेसीले सानदार असिस्ट गरेको बललाई अल्भारेजले पोस्टको दिशा दिदै ब्क्तिगत दोस्रो गोल गरेका थिए।

अब अर्जेन्टिनाले उपाधिका लागि फ्रान्स र मोरक्कोसँगको विजेतासँग प्रतिस्पर्धा गर्ने छ। विश्वकपको सेमिफाइनल खेलमा उत्रिएसँगै अर्जेन्टिनाका स्टार स्ट्राइकर लियोनेल मेसीले अर्जेन्टिनाका पूर्व मिडफिल्डर लोथर माथाउसको नाममा रहेको विश्वकपमा २५ खेलको कीर्तिमान बराबरी समेत गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर