ओशिनिया नेप्लिज स्पोर्ट्स मिट २०२७ को एडिलेडमा तयारी सुरु, कट्रिना वेभ सद्भावना दूत नियुक्त

ओशिनिया नेप्लिज स्पोर्ट्स मिट २०२७ को एडिलेडमा तयारी सुरु, कट्रिना वेभ सद्भावना दूत नियुक्त
नेपालआईज
२८ असार २०८३ ६:२६

एडिलेड/ ओशिनिया क्षेत्रकै सबैभन्दा बृहत् र प्रतिष्ठित नेपाली खेलकुद महोत्सव ‘७ औँ ओशिनिया नेपलिज स्पोर्ट्स मिट  २०२७’ को तयारी औपचारिक रूपमा सुरु भएको छ। सन् २०२७ मार्च २५ देखि २८ सम्म साउथ अष्ट्रेलियाको एडिलेडमा आयोजना हुने  प्रतियोगितालाई सम्पन्न गर्न  ‘साउथ अष्ट्रेलिया राज्य समन्वय समिति’ को घोषणा गरिएको हो।

एडिलेड नेप्लिज क्रिकेट एशोसिएसनका अध्यक्ष तथा नवघोषित समितिका संयोजक विजय जोशीका अनुसार, ओशिनिया क्षेत्रभरिका नेपाली खेलाडी र समर्थकहरूलाई एउटै मञ्चमा जोड्ने, मौलिक पहिचानको प्रवर्द्धन गर्ने र साउथ अष्ट्रेलियाको खेल सामर्थ्यलाई प्रदर्शन गर्ने उद्देश्यका साथ यो समिति गठन गरिएको हो। सन् २०१३ मा स्थापना भएको यो प्रतियोगिता नेपाली समुदायको ‘ओलम्पिक’ का रूपमा समेत चिनिन्छ।

मस्कट ‘कोआला’ र मूल नारा सार्वजनिक

प्रतियोगितालाई रैथाने पहिचान दिन यस पटकको मिटको मूल नारा र मस्कट पनि सार्वजनिक गरिएको छ:

  • मूल नारा: ‘हेरिटेजद्वारा एकजुट, खेलकुदद्वारा प्रेरित’ (United by Heritage, Inspired by Sport)

  • मस्कट: ‘कोआला’ (Koala)

साउथ अष्ट्रेलियाको पहिचान र गौरवका रूपमा रहेको मैत्रीपूर्ण एवं लचिलो जीव ‘कोआला’ ले एकता, सामूहिक भावना र पाहुनाहरूलाई गरिने न्यानो आतिथ्यको प्रतीक झल्काउने संयोजक जोशीले स्पष्ट पार्नुभयो।

ओलम्पियन कट्रिना वेभ सद्भावना दूत नियुक्त

प्रतियोगिताको आधिकारिक सद्भावना दूत (गुडविल एम्बेसेडर) मा अष्ट्रेलियन प्यारालिम्पिक स्वर्ण पदक विजेता कट्रिना वेभ (Katrina Webb OAM) नियुक्त हुनुभएको छ। तीनवटा प्यारालिम्पिक खेलहरूमा अष्ट्रेलियाको प्रतिनिधित्व गर्दै स्वर्ण, रजत र कास्य पदक जितिसक्नुभएकी वेभ एक अन्तर्राष्ट्रिय नेतृत्व रणनीतिकार, फिजियोथेरापिस्ट तथा उत्प्रेरक वक्ता हुनुहुन्छ।

नेपालसँग गहिरो आत्मिक र परोपकारी सम्बन्ध रहेकी वेभले दुई पटक सगरमाथा आधार शिविरको पदयात्रा गर्नुका साथै ‘नेपाल लिडरसिप प्रोग्राम’ समेत सञ्चालन गर्दै आउनुभएको छ।

“नेपालसँग गहिरो सद्भाव राख्ने कट्रिना वेभ जस्तो प्रतिष्ठित अन्तर्राष्ट्रिय व्यक्तित्व आबद्ध हुनुले प्रतियोगिताको गरिमा अझ बढेको छ। प्रतियोगितालाई नेपाली समुदायमा मात्र सीमित नराखेर बृहत् अष्ट्रेलियाली समुदायसम्म जोड्न अब प्रत्येक खेलका लागि एक-एक जना सद्भावना दूत समेत नियुक्त गरिनेछ।”

मुख्य कार्यसमिति र विभागीय जिम्मेवारी

प्रतियोगिताको चुस्त व्यवस्थापनका लागि घोषित मुख्य कार्यसमिति र विधागत खेल संयोजकहरूको विवरण यस प्रकार रहेको छ:

पद/जिम्मेवारीनाम
संयोजकविजय जोशी
सह-संयोजकसन्तोष अधिकारी
कोषाध्यक्षदिपेश राज पाण्डे
आर्थिक संयोजकदिप्सन खड्का
मिडिया संयोजकबालगोपाल उपाध्याय
स्पन्सरसिप संयोजकरेनुका लामा (सह-संयोजक: रुपक बर्तौला)
डकुमेन्ट कन्ट्रोलरनबिन पन्त
मल्टिकल्चरल/कम्युनिटी संयोजकमञ्जु खड्का
लजिस्टिक संयोजकसन्तोषी गौतम
इभेन्ट म्यानेजमेन्ट संयोजकपुस्कर कोइराला
आईसीटी सपोर्ट संयोजकमधुकर पौडेल
सांस्कृतिक संयोजकसिमा गुरुङ
मेडिकल संयोजकरक्षा शुक्ला
डिजिटल मिडिया/प्रमोशनल संयोजकसभा डिसी न्यौपाने
खेलकुद संयोजकथिर गुरुङ
स्वयंसेवक संयोजकअनुभव अधिकारी
कानुनी सल्लाहकारमोति नराल
सल्लाहकारसुपक अधिकारी

विधागत खेल संयोजकहरू

  • क्रिकेट: बिकास सुवेदी

  • जुनियर क्रिकेट: लक्ष्मी सापकोटा

  • फुटबल: चिरु श्रेष्ठ

  • भलिबल: प्रदिप खत्री

  • बास्केटबल: रोश धमाला

  • टेबल टेनिस / लन टेनिस: नबिन कडेल

  • ब्याडमिन्टन: जोभ अधिकारी

  • स्विमिङ: हिमाल कडेल

  • गल्फ: बिशाल मान श्रेष्ठ

  • ट्र्याक एण्ड फिल्ड: रमेश राजभण्डारी

    ७०० भन्दा बढी खेलाडी सहभागी हुने अनुमान

    प्रतियोगितामा अष्ट्रेलियाका विभिन्न राज्यहरू र न्युजिल्याण्डबाट समेत गरी ७०० देखि ८०० सम्म नेपाली खेलाडीहरू सहभागी हुने अनुमान गरिएको छ। यस वृहत् खेलकुद महोत्सवले साउथ अष्ट्रेलियाको पर्यटन, होटल व्यवसाय, स्थानीय व्यापार र सामुदायिक संलग्नतामा दीर्घकालीन र सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको