भारतमाथि अस्ट्रेलियाको शानदार जित

भारतमाथि अस्ट्रेलियाको शानदार जित
नेपालआईज
६ चैत २०७९ ७:२९

भारत । अस्ट्रेलियाले भारतविरुद्धको दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा १० विकेटको शानदार जित हात पारेको छ ।

विशाखापटनममा आइतबार राति सम्पन्न दोस्रो खेलमा १ सय १८ रनको लक्ष्य अस्ट्रेलियाले ११ ओभरमा पूरा गर्‍यो । अस्ट्रेलियाको जितमा मिचेल मार्सले अविजित ६६ रन तथा ट्राभिस हेडले अविजित ५१ रन बनाए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले २६ ओभरमै सबै विकेट गुमाएर १ सय १७ रन बनायो । भारतका लागि विराट कोहलीले सर्वाधिक ३१ रन बनाए । अस्ट्रेलियाका लागि मिचेल स्टार्कले सर्वाधिक ५ विकेट तथा सिन अबोटले ३ तथा नथन इलिसले २ विकेट हात पारे ।

यसअघि पहिलो खेल भारतले पाँच विकेटले जितेको थियो । बुधबार हुने अन्तिम तथा तेस्रो खेलले सिरिज विजेताको टुंगो लगाउनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर