दक्षिण कोरियाकी एक वृद्धाले ९६० औँ प्रयासमा पाइन् ड्राइभिङ लाइसेन्स

दक्षिण कोरियाकी एक वृद्धाले ९६० औँ प्रयासमा पाइन् ड्राइभिङ लाइसेन्स
नेपालआईज
१४ चैत २०७९ ११:३८

एजेन्सी। दक्षिण कोरियाकी एक महिलाले ९६० औँ प्रयासमा चालक अनुमतिका लागि परीक्षा पास गरेकी छन् । ११ हजार युरो खर्चिएर उनले लाइसेन्स प्राप्त गरेकी हुन् ।

६९ वर्षीया चा सा-सुनले सन् २००५ को अप्रिलमा पहिलो पटक लाइसेन्सका लागि परीक्षा दिएपनि फेल भएकी थिइन् । त्यसपछि उनले प्रत्येक हप्ताको पाँच दिनका दरले ७८० पटक परीक्षा दिइन् ।

पछि हप्ताको दुई दिन मात्र परीक्षा दिन थालिन् र परीक्षामा पास भइन् । त्यसपछि उनले प्रयाक्टिस टेस्टका लागि अभ्यास गर्न थालिन् । उनले १० पटकमा ड्राइभिङ टेस्ट पास गरिन् र समग्रमा ९६० पटकको प्रयासमा मात्र लाइसेन्स प्राप्त गरिन् ।

खासमा उनलाई तरकारी व्यवसाय चलाउनका लागि चालक अनुमतिको अवश्यकता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर