एजेन्सी। इग्ल्यान्डकी एक रेल यात्री अनलाइनमा पुनः भाइरल भएकी छन् । प्लेटफर्ममा एक व्यक्तिलाई ‘अस्वस्थ’ देखेको भन्दै इमा ओबान्क रेलवे स्टेशन स्टाफसँग उक्त व्यक्तिको जाँच गर्न अनुरोध गरिन् ।
सरेको वकिङ हुँदै जादा प्लेटफर्ममा एक व्यक्ति विरामी परेको देखेपछि उनले उनको जाँच गर्न ट्विटरमार्फत साउथ वेस्टर्न रेलवेका कर्मचारीलाई अनुरोध गरेकी थिइन् । तर त्यो साच्चीकै मानिस नभएर एक मूर्ति मात्र रहेको खुल्न आयो ।
उक्त मूर्तिमा एक व्यक्तिको कठ्याग्रिएर मृत्यु भएको झै देखिन्छ । तर ट्रेन कम्पनीले भने ट्विटरमै इमालाई भने सहरमा रहेका कैयौ मूर्तिमध्येको एक रहेको बतायो ।
खासमा यो घटना सन् २०१८ को भएपनि इमाले पाँच वर्षपछि उक्त घटनालाई पुनः सामाजिक सञ्जालमा राख्दा भाइरल बनेको छ ।