जापानका प्रधानमन्त्री फुमिओ किशिदामाथि आक्रमण प्रयास

जापानका प्रधानमन्त्री फुमिओ किशिदामाथि आक्रमण प्रयास
नेपालआईज
२ वैशाख २०८० ६:५०

एजेन्सी । जापानका प्रधानमन्त्री फुमिओ किशिदा लक्षित आक्रमण भएको छ । पश्चिमी जापानको बन्दरगाहको भ्रमण गर्न आएका बेला प्रधानमन्त्री फुमिओमाथि आक्रमण भएको हो ।

वाकायामा भ्रमणमा रहेका बेला ठूलो विष्फोट भएपछि उनलाई सकुशल बाहिर निकालिएको बताइएको छ । उनीहरूतर्फ ग्याँस वा पाइप बम प्रहार गरिएको थियो । उनले भाषण सुरु गर्नुअघि नै आक्रमण भएको हो । सुरक्षा बलले आक्रमणकारीलाई समातेको छ ।

एउटा बन्दरगाहमा विष्फोट भए पनि कुनै मानवीय क्षति भने भएको छैन । घटनामा संलग्न भएको आशंकामा एक व्यक्तिलाई प्रहरीले हिरासतमा लिएको फुटेज सार्वजनिक भएको छ। जुलाई २०२२ मा पूर्वप्रधानमन्त्री शिन्जो आबेमाथि सार्वजनिक कार्यक्रममै गोली प्रहार भएको थियो । उनको सोही आक्रमणमा परेर मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर