यौन दुर्व्यवहार मुद्दामा ट्रम्प दोषी ठहर, ५० लाख डलर जरिवाना

यौन दुर्व्यवहार मुद्दामा ट्रम्प दोषी ठहर, ५० लाख डलर जरिवाना
नेपालआईज
२७ वैशाख २०८० २:१२

एजेन्सी । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प यौन दुर्व्यवहारसम्बन्धी मुद्दामा दोषी ठहर भएका छन् । न्युयोर्कस्थित एक अदालतले उनलाई दोषी ठहर गर्दै ५० लाख डलर क्षतिपूर्ति तिराउने फैसला सुनाएको हो ।

पत्रकार ई जीन क्यारोलले ट्रम्पविरुद्ध १९९० मा यौन दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन् । साथै आफूलाई बदनाम गराउने काम पनि गरेको आरोप क्यारोलले ट्रम्पमाथि लगाएकी थिइन् ।

उक्त विवादमा क्षतिपूर्तिको माग गर्दै क्यारोल अदालत पुगेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर