नयाँ दिल्ली–सिड्‌नी उडेको एयर इण्डियाको जहाज हल्लिएपछि यात्रु घाइते

नयाँ दिल्ली–सिड्‌नी उडेको एयर इण्डियाको जहाज हल्लिएपछि यात्रु घाइते
नेपालआईज
३ जेठ २०८० १२:०१

एजेन्सी । भारतको नयाँ दिल्लीबाट अस्ट्रेलियाको सिड्‌नी उडेको एयर इण्डियाको जहाज हल्लिँदा आधा दर्जन यात्रु घाइते भएका छन् । उडिरहेको समयमा हावामा आएको बदलावका कारण जहाज गम्भीर रूपमा हल्लिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

‘गम्भीर टर्बुलेन्स’ का कारण आधा दर्जन यात्रु घाइते भएका हुन् । भारतीय नागरिक उड्डयन महानिर्देशनालयले बुधबार यस विषयमा जानकारी गराएको हो । घाइते यात्रुको सिड्नी पुगेसँगै उपचार गराइएको थियो ।

बी ७८७–८०० जहाजको उडान नम्बर एआई–३०२ उडानको जहाजमा यस्तो समस्या आएको थियो । ‘क्याबिन क्रु’ले घाइते भएका यात्रुको प्राथमिक उपचार गरेका थिए । तर, कुनै पनि यात्रुलाई अस्पताल भने भर्ना गराउनु नपरेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर