अमेरिकाको कान्सासमा गोली चल्यो, तीन जनाको मृत्यु

अमेरिकाको कान्सासमा गोली चल्यो, तीन जनाको मृत्यु
नेपालआईज
८ जेठ २०८० १७:२९

एजेन्सी । संयुक्त राज्य अमेरिकाको कान्सास सहरस्थित एक बारमा गोली चल्दा तीन जनाको मृत्यु भएको छ । अन्य दुई जना घाइते भएका छन् । घाइतेमध्ये एक जना गम्भीर छन् ।

दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ । एक जना बारभित्र र अर्का भवनबाहिर मृत अवस्थामा फेला परेका थिए । त्यसैगरी अर्का घाइतेको अस्पतालमा मृत्यु भएको थियो ।

गोलीबारीमा घाइते भएका अन्य दुई जनालाई अस्पताल लगिएको प्रहरीले जनाएको छ । फक्स न्युजका अनुसार घाइतेमध्ये एकको अवस्था गम्भीर छ भने अर्काको अवस्था स्थिर रहेको छ । मृतकहरूको पहिचान हुन बाँकी छ ।

के कारणले गोली चलाएको हो भन्नेबारे अनुसन्धान जारी छ । सन् २०२३ मा अमेरिकामा मे ७ सम्म २०७ गोलीकाण्ड भएको सीएनएनले उल्लेख गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर