इक्वेडरका एक मेयरको गोली हानी हत्या

इक्वेडरका एक मेयरको गोली हानी हत्या
नेपालआईज
८ साउन २०८० ८:३६

एजेन्सी । इक्वेडरको मान्टा सहरका मेयर अगस्टिन इन्ट्रिआगोको गोली हानी हत्या गरिएको छ।

दक्षिण अमेरिकी मुलुक इक्वेडरको मान्टा सहरका मेयर ३८ इन्ट्रिआगोको आइतबार गोली हानी हत्या गरिएको हो । सार्वजनिक कामको निरीक्षणका क्रममा रहेका बेला उनीमाथि गोली हानिएको थियो ।

एउटा ट्रकमा आएका बन्दुकधारीले मेयर इन्ट्रिआगो र छेउमा उभिएकी एक जना महिलालाई गोली हानेका थिए। आक्रमणमा ती महिलाको पनि मृत्यु भएको छ।

मेयरका सुरक्षाकर्मीले जवाफी कारबाही गर्दा गोली लागेर आक्रमणकारी पनि घाइते भएका छन्। आक्रमणकारी भेनेजुयलाका नागरिक रहेको बताइएको छ ।

मेयर इन्ट्रिआगोमाथि गोली हान्नुको कारण खुलिसकेको छैन । उनी गत फेब्रुअरीमा मान्टा सहरको मेयरमा दोस्रो कार्यकालका लागि निर्वाचित भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर