चीनका विदेशमन्त्री छिन काङ बर्खास्त

चीनका विदेशमन्त्री छिन काङ बर्खास्त
नेपालआईज
९ साउन २०८० १३:२३

एजेन्सी । चीन सरकाले विदेशमन्त्री छिन काङलाई बर्खास्त गरेको छ । एक महिनायता सार्वजनिक स्थानमा नदेखिएका उनलाई चीन सरकारले पदबाट बर्खास्त गरेको हो ।

चीन सरकार नियन्त्रित सञ्चारमाध्यमका अनुसार छिन काङलाई पदबाट बर्खास्त गरिएको पुष्टि गरेको छ । गत डिसेम्बर अन्तिममा पद सम्हालेका चिनियाँ विदेशमन्त्री काङ तीन सातायता सार्वजनिक रूपमा देखिएका थिएनन् । पछिल्लो पटक जुन २५ मा सार्वजनिक रूपमा देखिएका उनी त्यसयता सार्वजनिक भएका थिएनन् ।

त्यसदिन उनले श्रीलंका र रुसका विदेशमन्त्रीहरूलाई भेटेका थिए । यससँगै छिन काङको भाग्य र भविष्यबारे केही सातादेखि भइरहेका अड्कलबाजीले पनि अब पूर्णविराम पाएको छ । उनको एक महिना लामो सार्वजनिक अनुपस्थिति घरेलु राजनीतिमा चर्चा भइरहेको थियो ।

राष्ट्रपति सी चिनफिङले आफ्नो तेस्रो कार्यकाल अघि बढाउने क्रममा छिन काङ प्रकरणलाई पनि ठूलो संकटका रूपमा लिइएको छ । अब छिन काङको स्थानमा वाङ्ग यीले नै विदेश मन्त्रीको भूमिका निर्वाह गर्ने छन् । उनी राष्ट्रपति सीका विश्वासपात्रसमेत हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर