पाकिस्तानको एक राजनीतिक सभामा बम विस्फोट, ४० जनाको मृत्यु

पाकिस्तानको एक राजनीतिक सभामा बम विस्फोट, ४० जनाको मृत्यु
नेपालआईज
१४ साउन २०८० १६:५०

पाकिस्तान । पाकिस्तानको खारस्थित राजनीतिक सभामा बम विस्फोट हुँदा कम्तिमा ४० जनाको मृत्यु भएको छ भने करिब २०० जना घाइते भएका छन् ।

केही गम्भीर घाइतेहरूलाई उद्धार गरी पेशावरका अस्पतालहरूमा ल्याइएको छ। खैबर पख्तुनख्वाको बाजौर जिल्लाको खार तहसीलमा जमियत उलेमा इस्लाम-फजलको सभा चलिरहेका बेला बम विस्फोट भएको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् ।

विस्फोटमा खार तहसीलमा जमियत उलेमा इस्लाम-फजलका एक प्रमुख नेता मौलाना जियाउल्लाहको पनि मृत्यु भएको छ ।

उद्धारकर्ताहरूले घाइते र मृतकको संख्या बढ्न सक्ने बताएको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् ।

राजनीतिक सभामा नेताहरूले भाषण गरिरहेका बेला बम विष्फोट भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर