महिला विश्वकप फुटबल : सेमिफाइनलका खेल मंगलबारबाट सुरु हुँदै

महिला विश्वकप फुटबल : सेमिफाइनलका खेल मंगलबारबाट सुरु हुँदै
नेपालआईज
३० साउन २०८० ६:५७

अस्ट्रेलिया । फिफा महिला विश्वकप फुटबलको सेमिफाइनलका खेलहरू मंगलबारबाट सुरु हुने भएको छ । जसअनुसार स्पेन र स्वीडेनबीच मंगलबार तथा अस्ट्रेलिया र इंग्ल्याण्डबीचको सेमिफाइनल खेल बुधबार हुनेछ ।

पहिलोपटक महिला विश्वकपको सेमिफाइनलमा स्थान बनाएको स्पेनले स्वीडेनको सामना गर्नेछ । अहिलेसम्म स्वीडेन एकपटक उपविजेता र तीनपटक तेश्रो स्थान बनाएको युरोपेली राष्ट्र हो ।

स्वीडेन सन् २००३ मा जर्मनीसँग २–१ ले पराजित हुँदा उपविजेतामा सीमित भएको थियोे । गत शुक्रबार भएको क्वाटरफाइनलमा जापानमाथि २–१ को जीत निकाल्दै स्वीडेन सेमिफाइनलमा प्रवेश गरेको हो । यी दुइ टोलीबीचको सेमिफाइनल खेल नेपाली समय अनुसार दिउँसो पौने २ बजे हुनेछ ।

गत शनिबार भएको खेलमा अष्ट्रेलियाले फ्रान्सलाई टाइब्रकेरमा पराजित गरी सेमिफाइनलको यात्रा तय गरेको छ । यस्तै, गत शनिबार नै भएको प्रतियोगिताको अन्तिम क्वार्टरफाइनलमा कोलम्बियालाई हराउँदै इंग्ल्यान्ड सेमिफाइनलमा पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर