गाजामा करिब १५० इजरायली नागरिकलाई बन्धक बनाइयो

गाजामा करिब १५० इजरायली नागरिकलाई बन्धक बनाइयो
नेपालआईज
२३ असोज २०८० ११:१५

एजेन्सी । संयुक्त राष्ट्रका लागि इजरायलका राजदूत गिलाड अर्दानले गाजामा १०० देखि १५० इजरायली नागरिकलाई बन्धक बनाएको बताएका छन् । ती सबैलाई इजरायलबाट अपहरण गरिएको थियो । यसअघि यो संख्या दर्जनौँदेखि १०० सम्म रहेको बताइएको थियो ।

मंगलबार बिहान इजरायली सेनाका प्रवक्ता ड्यानियल हागारीले सेनाले बन्धक बनाएका ५० जनाको परिवारलाई यसबारे जानकारी गराएको बताएका छन् । यता, गाजामा मृत्यु हुनेको संख्या ७ सय नाघेको छ । त्यहाँको स्वास्थ्य मन्त्रालयले इजरायली आक्रमणमा मारिनेमा १०० भन्दा बढी बालबालिका र १०० भन्दा बढी महिला रहेको जनाएको छ । हिजोको आक्रमणमा करिब ३०० जनाको ज्यान गएको थियो ।

जसमध्ये दुई तिहाइ आम नागरिक छन् । संयुक्त राष्ट्र संघले गाजाबाट टाढा रहेको ‘वेस्ट ब्याङ्क’ मा इजरायली सुरक्षा बलसँगको भिडन्तमा १७ प्यालेस्टाइनीको मृत्यु भएको जनाएको छ । मृत्यु हुनेमा चार बालबालिका छन् । वेस्ट ब्याङ्क गाजाबाट अलग छ र हमासको नियन्त्रणमा छैन । यस घटनामा २९५ जना घाइते भएको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर