सिड्नी । एनआरएनए अस्ट्रेलियाको आयोजनामा आगामी फेब्रुअरी १९ मा नेपाली राजदूत र अस्ट्रेलियाली राजदूतबीच संयुक्त भर्चुअल छलफल हुने भएको छ। एनआरएनए अस्ट्रेलियाले जारी गरेको विज्ञप्तिअनुसार, उक्त छलफलमा दुई देशबीचको कूटनीतिक सम्बन्ध सुदृढीकरणका विविध विषयमा विमर्श गरिनेछ।
कार्यक्रममा अस्ट्रेलियाका लागि नेपाली राजदूत चित्रलेखा यादव र नेपालका लागि अस्ट्रेलियाली राजदूत लिआने जोनस्टोनबीच कूटनीतिक सम्बन्ध, द्विपक्षीय सहकार्य, व्यापार, लगानी, आर्थिक अवसर, शिक्षा, आप्रवासन तथा सामुदायिक मामिलाजस्ता विषयमा विस्तृत छलफल हुने जनाइएको छ।
दर्ता गर्नका लागि यहाँ क्लिक गर्नुहोस्।
एनआरएनए अस्ट्रेलियाले कार्यक्रममा सहभागी भई कूटनीतिक सम्बन्ध र आपसी सहकार्यका विषयमा गहिरो अन्तर्क्रिया गर्न सबैलाई आग्रह गरेको छ।