दृष्टिविहीन बालबालिकाका लागि अस्ट्रेलियामा आर्थिक अभियान

दृष्टिविहीन बालबालिकाका लागि अस्ट्रेलियामा आर्थिक अभियान
नेपालआईज
१५ असोज २०७८ २३:०५

सिड्नी ।  “ दशैमा खुसी प्रदान गर्न हामीलाई सहयोग गर्नुहोस” यही नाराका साथ न्यानोपन नेपालले सुरुवात गरेको “ह्यापिनेश किट” कार्यक्रमका लागि अस्ट्रेलियामा पनि आर्थिक अभियान शुरु गरिएको छ ।

न्यानोपन नेपालले शुरुवात गरेको यो कार्यक्रम मार्फत उठेको सहयोगले  दृष्टिविहीन बालबालिकाहरुलाई किटमा पोषिलो र स्वच्छ खाना, शैक्षिक खेल सामाग्री  सहित उपलब्ध गराइने अस्ट्रेलियाका अनिश सापकोटाले जानकारी दिए ।

ह्यापिनेश किटका लागि दुई हजार रुपैंयाँ सहयोग गरि तपाँई यस कार्यमा सरिक हुन सक्नुहुन्छ  सापकोटाले भने ‘दृष्टिविहीन बालबालिकाको पोषण र पालनपोषणमा तपाँईहरुले दिएको रकम सदुपयोग गरि लक्ष्तित बालबालिकाहरुलाई  दशौंमा खुशी पार्ने छौं ।’

यस कार्यक्रमको सुरुवाती चरणमा काठमाडौका करिब २ सय  दृष्टिविहिन बालबालिकासम्म पुग्ने लक्ष्य राखिएको छ । यो कार्यक्रम चरणवद्धरुपमा सामुदायिक विद्यालयका बालबालिकासम्म पुग्ने  न्यानोपन नेपालले जनाएको छ ।

ह्यापिनेश किट भनेको के हो ?

ह्यापिनेश किट भित्र दृष्टिविहनीन बालबालिकाहरुको लागि पोषण तथा कोभिड प्रतिरक्षाका लागि चना, च्यूरा, दाल, सातु, सुजी, बदाम, सोय नगेट्स, साबुन, डिसपोज गर्न मिल्ने फेस मास्क, स्यानिटाइजर र स्वच्छ न्यापकिन रहनेछन् । साथै  शैक्षिक र रमाईलाको लागि खेलसामाग्री पनि उपलब्ध  हुनेछन् ।

न्यानोपन नेपाल के हो ?

न्यानोपन नेपाल एक गैरनाफामूलक संस्था हो जसलाई क्याप्टेन विजय लामाले वि. स. २०७२ मा दृष्टिविहिन तथा विपन्न व्यक्तिहरुलाई अवसर,  शिक्षा, सहयोग, स्याहार र माया बाड्दै देशलाई सहयोग गर्ने उदेश्यले स्थापना गरेका हुन् ।

द दिपेश शो, न्यानोपन तथा एभरेस्ट मःमः अस्ट्रेलियाको सहयोगमा कोभिड—१९ सुरक्षित कार्यक्रम आयोजना  गरि कोभिड—१९ पीडितहरुका लागि आर्थिक सहयोग संकलन गरेको थियो । न्यानोपनलाई नेपालमा विपन्न तथा कमजोर मानिसहरु, खासगरी कोभिड—१९ बाट प्रभावितलाई सहयोग गर्ने महान कार्यका लागि आर्थिक सहयोग संकलन गर्दै आएको छ ।

‘संगै, जीवन परिवर्तन गरौ । कृपया उदारतापूर्वक सहयोग गर्नुहोस ।’ तपाईको सहयोगका लागि अग्रिम धन्यवाद दिन्छौं  सस्थाका अध्यक्ष बिजय लामाले भनेका छन् । 

कृपया सहयोगका लागि यहाँ रकम जम्मा गर्नुहोस  ।

Sanima Bank

Branch: Budhanilkantha

A/C Name:- Nyanopan

A/C no:- 046010010000360

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर