Nepali art and culture in Australia through the media, our first priority will be to include all the news and information in Nepali language that the Nepali / Australian community needs.
नेपाल एयरलाइन्सको टिकटबाट सिड्नी हवाईयात्रा गर्न पाइने
नेपालआईज
२७ कार्तिक २०७८ ९:२३
सिड्नी ।
राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को टिकटबाट अस्ट्रेलियाको सिड्नी हवाईयात्रा गर्न पाइने भएको छ ।
अस्ट्रेलियाको सिड्नी, युरोपसंगै एशियाका अन्य विभिन्न देशहरुमा हवाइयात्रा गर्न पाइने नेपाल वायुसेवा निगमले जनाएको छ ।
अस्ट्रेलियासंग सिधा उडान गर्ने दिपक्षीय समाझदारी कार्यन्वयनमा ढिलाई भएपछि अन्तराष्ट्रिय वायुसेवा निगमसंग द्विपक्षीय सम्झौता गरी यात्रुहरुलाई थप सुविधा दिईएको बताइएको छ ।
निगमका अनुशार अब युरोपका विभिन्न शहर, दक्षिण कोरियाको सोल, कुवेत र बहराइनसम्म यात्रा गर्न सकिने छ ।
निगमका प्रवक्ता करिश्मा श्रेष्ठले सम्झौताबाट एक अर्का वायुसेवाका क्षेत्रमा यात्रुलाई सेवा प्रदान गर्न सहज हुने बताए। सकेसम्म कम ट्रान्जिट समय प्रयोग गरी गरिएको सम्झौतामार्फत यात्रुलाई थप सहजता मिल्ने छ ।
टिकटसम्बन्धी नयाँ व्यवस्थाले निगमलाई थप आय हुने र अन्तर्राष्ट्रिय बजारमा नेपाल एयरलाइन्सको साख बढ्ने निगमको अपेक्षा छ। टिकट निगमको केन्द्रीय कार्यालय र ट्राभल एजेन्सीबाट काट्न सकिने निगमले विज्ञप्तिमार्फत जनाएको छ।
यसका साथै निगमले अमेरिकाका विभिन्न शहरमा यस प्रकारको सम्झौताबाट यात्रुलाई सेवा प्रदान गर्न विभिन्न वायुसेवासँग समन्वय गरिरहेको पनि जानकारी दिएको छ।