नेपालबाट अस्ट्रेलिया तथा न्यु साउथ वेल्स फर्कँदा ध्यान दिनुपर्ने कुराहरु

अस्ट्रेलिया ।
नेपाल लगायत विभिन्न देशबाट अस्ट्रेलिया आउने विद्यार्थीहरूले अस्ट्रेलियन सरकारको कोभिड-१९ नियन्त्रण र रोकथामका नियमहरू अनिवार्य पालना गर्नुपर्ने हुन्छ । यहाँका ६ वटा राज्य र दुई वटा टेरिटोरीले विदेशबाट आफ्नो राज्यमा आएका मानिसहरूका लागि फरक फरक नियम लागु गरेका छन् । यदि तपाईँ बसिरहेका देशबाट अस्ट्रेलिया आउँदै हुनुहुन्छ भने आउनु अघि चेक लिस्ट बनाउनुहोस् । कुन राज्य र टेरिटोरीमा आउने त्यस राज्यका नियमहरूका बारेमा रिसर्च गर्नुहोस् ।
यो सामाग्री तपाईँलाई आउनका लागि तयारी गर्न मद्दतको लागि न्यु साउथ वेल्स सरकारले तयार पारेको हो । तपाईँसँग आवश्यक सबै सान्दर्भिक जानकारी र कागजातहरू छन भनेर सुनिश्चित गर्न कृपया यो चेक लिस्टको प्रयोग गर्नुहोस् । अगाडीका लागि योजना बनाउनुहोस् र यसलाई कृपया ध्यान दिएर पढ्नुहोस् ताकी तपाई सुरक्षित र सहज यात्रा र न्यु साउथ वेल्स समुदायमा फर्कन सक्नुहुन्छ ।
चरण १ (अनिवार्य)
अस्ट्रेलिया लागि तपाईँको राहदानी र विद्यार्थी भिसा मान्य छ भनी सुनिश्चित गर्नुहोस् ।
अस्ट्रेलिया आउन अघि तपाईँको राहदानी कम्तीमा छ महिनाको लागि मान्य छ भनी जाँच गर्नुहोस् ।
सबै अन्तर्राष्ट्रिय विद्यार्थीले अनिवार्य रूपमा अस्ट्रेलियाको लागि विद्यार्थी भिसा मान्य छ भनी सुनिश्चित गर्नुपर्छ ।
जानकारीको लागि कृपया अस्ट्रेलियाको गृह विभागको वेबसाइटमा जानुहोस् । तपाईँको पाठ्यक्रम सुरु हुन भन्दा कम्तीमा ६ हप्ता अघि तपाईँको भिसाको लागि आवेदन दिनुहोस् । सकेसम्म चाँडो पुरा गर्नुहोस् ।
चरण २ (अनिवार्य)
तपाईँको खोप प्रमाणपत्रले अस्ट्रेलियाका आवश्यकताहरू पुरा गरेको सुनिश्चित गर्नुहोस्
तपाईँले थेरापेउटिक गुड एसोसिएसन (टिजिए) बाट स्वीकृत वा मान्यता प्राप्त कोभिड–१९ खोप पूर्ण रूपमा लगाएको हुनुपर्छ ।
कुन खोपहरु स्वीकृत वा मान्यता प्राप्त छन भनेर बुझ्नका लागि कृपया विदेश मामिला तथा व्यापार विभागको वेबसाइटमा जानुहोस् ।
नोट: अस्टे«लया बाहिर खोप लगाएका यात्रुहरूले निम्न मापदण्डहरू पुरा गर्ने प्रमाणपत्र पेस गर्नुपर्नेछ :
राष्ट्रिय वा राज्य/प्रान्तीय स्तरका अधिकारी वा मान्यता प्राप्त खोप प्रदायकद्वारा जारी गरिएको
अङ्ग्रेजीमा लेखिएको वा प्रमाणित अनुवादको साथमा
निम्न कुराहरू उल्लेख भएको :
- पासपोर्टमा लेखिएझैँ नाम
- जन्म मिति वा पासपोर्ट नम्बर
- खोपको ब्रान्ड नाम, र
खोप लगाएको मिति वा खोपको पूर्ण मात्रा पुरा भएको मिति
कागज तथा डिजिटल प्रमाणपत्रहरू समानरुपमा स्वीकार्य छन् ।
चाँडो भन्दा चाँडो पुरा गर्नुहोस् ।
चरण ३(अनिवार्य)
अस्ट्रेलियन यात्रा घोषणा (एटिडी) अनलाइन पेस गर्नुहोस्
तपाईँले आफ्नो उडान अधि खोप प्रमाणपत्रको प्रतिलिपिको साथ आफ्नो अस्ट्रेलियन यात्रा घोषणा अनलाइनमार्फत पेस गर्नुहोस्
त्यसपछि तपाईँले आफ्नो उडानमा चढ्नु अघि र अस्ट्रेलिया पुग्नु अघि (इलेकट्रोनिक वा प्रिन्ट भएको) पूर्ण विवरणहरू सहितको प्रमाणित इमेल प्राप्त गर्नुहुनेछ ।
यात्रा तय भएको ७२ घण्टा अगाडी पुरा गर्नुहोस्
चरण ४ (अनिवार्य)
यात्रा गर्नु अघि नेगेटिभ कोभिड–१९ पिसिआर परीक्षण प्राप्त गर्नुहोस् ।
यात्रा अघि परीक्षण गर्न स्थानीय कोभिड–१९ परीक्षण केन्द्रमा जानुहोस् ।
तपाईँको प्रस्थान पूर्व कोभिड–१९ पिसिआर परीक्षणको प्रमाण उपलब्ध गराउन अस्टे«लया सरकारको सल्लाहबारे थप पढ्नुहोस् ।
तपाईँको प्रस्थान/ट्रान्जिट स्थानको आधारमा मापदण्ड फरक हुन सक्ने हुनाले यात्रा अघिको परीक्षणको लागि तपाईँले स्थानीय अधिकार र एयरलाइन्सका आवश्यकताहरू पनि जाँच गर्नुहोस् । तपाईँको स्थानीय अधिकार/एयरलाइन्सले निर्देशन दिएको बाहेक, निर्धारित प्रस्थानको तीन दिन भित्र परीक्षण पुरा गर्नुहोस् ।
नोट: यदि तपाई न्यु साउथ वेल्स इन्टरनेट स्टुडेन्ट अराइभल् पाइलट प्लानमा सहभागी हुनुहुन्छ र तपाईँलाई कोभिड–१९ पोजेटिभ देखाएको छ भने तपाईँले तपाईँको शिक्षा प्रदायकलाई तुरुन्तै सल्लाह गर्नुपर्छ ।
निर्धारित यात्राको तीन दिन भित्र परीक्षण पुरा गर्नुहोस् ।
चरण ५ (अनिवार्य)
विमानस्थलमा खोप प्रमाणपत्र प्रमाणित गर्नुहोस्
बोर्डिङ अघि एयरलाइन्सका कर्मचारीहरू निम्न कुराहरू जाँच गर्नेछन् :
तपाईँको खोपको अवस्था अस्टे«लयाको यात्राका लागि मान्य छ, र
तपाईँको कोभिड–१९ परीक्षण नेगेटिभ छ ।
कृपया तपाईँले खोप लगाएको प्रमाणित गर्नको लागि आफ्नो खोप प्रमाणपत्रको प्रिन्ट आउट तयार राख्नुहोस् ।
प्रमाणपत्रले अस्ट्रेलिया सरकारको आवश्यकताहरू पुरा गर्नुपर्छ (चरण २ हेर्नुहोस्)
उडान चेकइन पुरा गर्नुहोस् ।
नोट: यदि तपाई न्यु साउथ वेल्स इन्टरनेट स्टुडेन्ट अराइभल् पाइलट प्लानमा सहभागी हुनुहुन्छ भने कृपया एयरलाइन्स विशिष्ट मार्गदर्शनको लागि तपाईँको एयरलाइन्सको वेबसाइटलाई रेफर गर्नुहोस् ।
चरण ६ (सिफारिस गरिएको
सिड्नीमा आफ्नो आवास व्यवस्थित गर्नुहोस्
अस्ट्रेलिया आइपुग्नु अघि छोटो अवधिको आवास सुनिश्चित गर्नु उत्तम हुन्छ र तपाई आइपुगेपछि दीर्घकालीन विकल्पहरू खोज्नुहोस् । यसले तपाईँलाई छिमेकमा जानकारी प्राप्त गर्न र आवासहरू हेर्न समय दिन्छ र तपाईँलाई उपयुक्त हुने विकल्प छनोट गर्नमा सहयोग पुर्याउछ । अस्थायी अवासमा बजेट होस्टेल र होटलहरु समावेश छन् ।
स्टडी न्यु साउथ वेल्ससँग सिड्नी र न्यु साउथ वेल्सको क्षेत्रहरूमा विद्यार्थी आवासका विकल्पहरूको सूची रहेको छ ।
तपाईँको विद्यार्थी भिसा अनुदानमा भिसा सर्त ८५३३ अनुसार, तपाईँले आफ्नो शिक्षा प्रदायकलाई अस्टे«लया आइपुगेको सात दिनभित्र आफ्नो आवासीय ठेगाना जानकारी दिनुपर्छ । यदि तपाईँको अवासिय ठेगाना परिवर्तन भयो भने तपाईँले आफ्नो शिक्षा प्रदायकलाई परिवर्तन भएको ७ दिनभित्र जानकारी गराउनुपर्छ ।
यात्रा गर्नु भन्दा दुई हप्ता अघि पुरा गर्नुहोस् ।
चरण ७ (सिफारिस गरिएको)
सिड्नी विमानस्थलबाट आफ्नो यातायात व्यवस्थित गर्नुहोस्
स्थानान्तरण विकल्पहरूको लागि कृपया आफ्नो शिक्षा प्रदायकलाई सम्पर्क गर्नुहोस् वा सिड्नी विमानस्थलको वेबसाइट हेर्नुहोस् ।
यात्रा भन्दा एक हप्ता अघि पुरा गर्नुहोस् ।
चरण ८ (अनिवार्य)
आगमनको २४ घण्टाभित्र कोभिड–१९ नाक र घाटी पिसिआर परीक्षण
परीक्षण प्राप्त गर्न नजिकको न्यु साउथ वेल्स स्वास्थ्य निःशुल्क परीक्षण क्लिनिकमा जानुहोस् । तपाईँको नजिकको क्लिनिक पत्ता लगाउन न्यु साउथ वेल्स स्वास्थ्य वेबसाइटमा जानुहोस् । अनिवार्य परीक्षणको लागि न्यु साउथ वेल्स स्वास्थ्य आवश्यकताहरू पढ्नुहोस् ।
न्यु साउथ वेल्स आइपुगेको २४ घण्टा भित्र पुरा गर्नुहोस् ।
चरण ९ (अनिवार्य)
आइपुगेको सातौँ दिन वा त्यसपछि कोभिड–१९ नाक र घाटीको पिसिआर परीक्षण गर्नुहोस् ।
परीक्षण प्राप्त गर्न नजिकको न्यु साउथ वेल्स स्वास्थ्य निःशुल्क परीक्षण क्लिनिकमा जानुहोस् । तपाईँको नजिकको क्लिनिक पत्ता लगाउन न्यु साउथ वेल्स स्वास्थ्य वेबसाइटमा जानुहोस् । अनिवार्य परीक्षणको लागि न्यु साउथ वेल्स स्वास्थ्य आवश्यकताहरू पढ्नुहोस् ।
न्यु साउथ वेल्स आइपुगेको सात दिन वा त्यसपछि पुरा गर्नुहोस् ।
चरण १० (सिफारिस गरिएको)
सर्भिस न्यु साउथ वेल्स एप डाउनलोड गर्नुहोस्
तपाईँको फोनमा सर्भिस न्यु साउथ वेल्स एप डाउनलोड गर्नुहोस् । यसले तपाईँलाई सुपर मार्केट वा रेस्टुरेन्टहरू जस्ता ठाउँहरूमा चेक इन गर्न र न्यु साउथ वेल्समा रहँदा कोभिड–१९ को जानकारीहरू प्राप्त गर्न सहयोग गर्छ ।
न्यु साउथ वेल्समा सार्वजनिक रूपमा घुम्नु अघि पुरा गनुृहोस ।
चरण ११ (सिफारिस गरिएको)
कोभिड–१९ खोपको प्रमाण सर्भिस न्यु साउथ वेल्समा राख्नुहोस्
यदि तपाई मेडिकेयरका लागि योग्य हुनुहुन्न भने तपाईँले माईगभ मार्फत व्यक्तिगत स्वास्थ्य सेवा पहिचानकर्ता (आईएचआई) सेवा प्रयोग गरेर सेवा न्यु साउथ वेल्स एपमा आफ्नो कोभिड–१९ डिजिटल प्रमाणपत्र थप्न सक्नुहुन्छ । यसको मतलब तपाईँले चाडै चेक इन गर्न र आफ्नो कोभिड–१९ खोपको प्रमाण देखाउन सक्नुहुन्छ । न्यु साउथ वेल्समा आएको कुनै समयमा पुरा गर्नुहोस् ।
नेपाल लगायत विभिन्न देशबाट अस्ट्रेलिया आउने विद्यार्थीहरूले अस्ट्रेलियन सरकारको कोभिड-१९ नियन्त्रण र रोकथामका नियमहरू अनिवार्य पालना गर्नुपर्ने हुन्छ । यहाँका ६ वटा राज्य र दुई वटा टेरिटोरीले विदेशबाट आफ्नो राज्यमा आएका मानिसहरूका लागि फरक फरक नियम लागु गरेका छन् । यदि तपाईँ बसिरहेका देशबाट अस्ट्रेलिया आउँदै हुनुहुन्छ भने आउनु अघि चेक लिस्ट बनाउनुहोस् । कुन राज्य र टेरिटोरीमा आउने त्यस राज्यका नियमहरूका बारेमा रिसर्च गर्नुहोस् ।
यो सामाग्री तपाईँलाई आउनका लागि तयारी गर्न मद्दतको लागि न्यु साउथ वेल्स सरकारले तयार पारेको हो । तपाईँसँग आवश्यक सबै सान्दर्भिक जानकारी र कागजातहरू छन भनेर सुनिश्चित गर्न कृपया यो चेक लिस्टको प्रयोग गर्नुहोस् । अगाडीका लागि योजना बनाउनुहोस् र यसलाई कृपया ध्यान दिएर पढ्नुहोस् ताकी तपाई सुरक्षित र सहज यात्रा र न्यु साउथ वेल्स समुदायमा फर्कन सक्नुहुन्छ ।
