सिड्नी । अस्ट्रेलियाको सबैभन्दा आकर्षक उद्योगमा आफ्नो रोजगारीका लागि मौका आएको छ । जुन १६ मा सिड्नी एयरपोर्ट जब्स फेयर (रोजगार मेला) आयोजना हुँदै छ ।
सिड्नी एयरपोर्टमा रोजगारदाताहरूले तत्काल सुरक्षा, ब्यागेज ह्यान्डलिङ, सरकारी एजेन्सीहरू, एयरलाइन्स, आतिथ्य जस्ता कामका लागि हजारलाई रोजगारी प्रदान गर्दै छ । यसका लागि सिडनी एयरपोर्टमा सञ्चालन हुने मेलामा ८ सय भन्दा बढी व्यवसायहरूमा संलग्नहरूलाई बिहान १० बजेदेखि बेलुकी ४ बजेसम्म भेट्नुपर्नेछ ।
सिड्नी एयरपोर्ट काम गर्नको लागि विविध र समावेशी स्थान बनाउने उद्देश्यले आयोजना गरिने मेलामा सबै उपयुक्त तथा योग्य आदिवासी अस्ट्रेलियन, अपाङ्गता भएका व्यक्तिहरू र सबै लिङ्गका मानिसहरूलाई आवेदन दिन प्रोत्साहित गरिएको छ ।