बहु  सांस्कृतिक समुदायका लागि न्यु साउथ वेल्स राज्यले २८ मिलियन डलर दिने 

बहु  सांस्कृतिक समुदायका लागि न्यु साउथ वेल्स राज्यले २८ मिलियन डलर दिने 
नेपालआईज
३० जेठ २०७९ ८:५८

सिड्नी । अस्ट्रेलियाको न्यु साउथ वेल्स राज्यले विभिन्न समुदायलाई लक्षित ठुलो बजेट छुट्टाउने भएको छ । 

न्यु साउथ वेल्स सरकारले आगामी बजेटमा समुदायका लागि २८ मिलियन डलर बराबरको प्याकेज ल्याउने भएको हो । यसको उद्देश्य भनेको सम्पूर्ण-सरकारी भाषाका सेवाहरूलाई सहयोग गर्नु, सामुदायिक सांस्कृतिक कार्यक्रमहरू र चाडपर्वहरूलाई प्रोत्साहन गर्नु तथा बहु सांस्कृतिक र विभिन्न आस्था बोकेका समुदायहरूसँगको संलग्नता बढाउनु रहेको छ । 

 प्रिमियर डोमिनिक पेरोटेटले बहु-वर्षीय कोषबाट राज्यको विविध संस्कृति भएकाहरूलाई धेरै भाषाहरूमा महत्त्वपूर्ण जानकारी प्रदान गर्नुका साथै विभिन्न समुदायहरूलाई उनीहरूको साझा संस्कृति (मूल्यमान्यताहरू) मनाउन एकसाथ ल्याउन सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे ।

सो  प्याकेजमा १ करोड ६० लाख सरकारी र सामुदायिक सन्देशहरूलाई उल्था गर्ने सेवाहरू विस्तार गर्न समावेश गरिएको छ भने   १ करोड विभिन्न महोत्सवहरू र सांस्कृतिक कार्यक्रमहरू  लागि र २० लाख समुदाय र धार्मिक संलग्नताका लागि छुट्टाइएको छ।

यसैवीच राज्यका बहु संस्कृति मन्त्री मार्क कोरले प्याकेजले धार्मिक समुदायहरूको सल्लाहकार परिषद्  धार्भिक  कम्युनिटी एड्भाइजरी काउन्सिलको स्थापना पनि समेट्ने बताए । 

कोषाध्यक्ष म्याट केनका अनुसार अहिलेको घोषणाले बहु सांस्कृतिक न्यु साउथ वेल्सलाई सहयोग गर्न सरकारले प्रदान गर्ने अहिलेसम्मकै ठुलो बजेट हो । र सरकारको बलियो आर्थिक व्यवस्थापनको कारणले मात्र सम्भव भएको उनको भनाइ छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर