न्यु साउथ वेल्समा शिक्षक, प्रहरी र नर्सहरूका लागि नयाँ आवास योजना, घर किन्ने तयारीमा रहेका नेपाली नर्सहरुलाई सहयोग पुग्न सक्ने

न्यु साउथ वेल्समा  शिक्षक, प्रहरी र नर्सहरूका लागि नयाँ आवास योजना, घर किन्ने तयारीमा रहेका नेपाली नर्सहरुलाई सहयोग पुग्न सक्ने
नेपालआईज
६ असार २०७९ ०:०३

छत्र शंकर ।  अस्ट्रेलिया आएका जो कोहीलाई सिड्नीमा एउटा घर जोड्ने सपना हुन्छ । तर, पछिल्लो समय घर जग्गाको भाउ आकासिएका कारण सिड्नीमा घर किन्न सामान्य आयस्रोत भएकाहरूलाई ‘फलामकै चिउरा’ भएको छ । किनकि एक मिलियन भन्दा माथि सिड्नी  महानगर  भित्र मात्र हैन आसपासका क्षेत्रमा घर पाउन  मुस्किल छ ।  तर एनएसडब्लु सरकारले ल्याएको नयाँ आवास योजनाले भने ‘फ्रन्टलाइन’ वर्करहरुलाई राहत मिल्ने देखिन्छ । जसमा  नर्स  प्रहरी, शिक्षक  समेटिएका छन् ।

सरकारी आवास योजनाले ठुलो सङ्ख्यामा  सिड्नीमा कार्यरत नेपाली नर्सहरूलाई घर  किन्नका लागि सहयोग पुग्ने देखिन्छ ।  किनकि अव  दुई  प्रतिशत डिपोजिटमा उनीहरूले घर किन्न सक्ने छन् । अस्ट्रेलियाको न्यु साउथ वेल्स सरकारको नयाँ सरकारी आवास योजना अन्तर्गत अग्रपंत्तिका कामदारहरू जस्तै शिक्षक, प्रहरी र नर्सहरूका साथै ५० भन्दा माथिका एकल व्यक्तिहरूले सम्पत्ति बजारमा “लेग अप” प्राप्त गर्न सक्षम हुने भएका छन् । न्यु साउथ वेल्सका प्रिमियर डोमिनिक पेरोटेटले आइतबार आगामी राज्य बजेट अन्तर्गत यस योजनाका लागि ७ सय ८०.४ मिलियन डलर प्रतिबद्धताको घोषणा गरे । यसबाट सरकारले सम्पत्ति खरिद गर्नका लागि ४० प्रतिशत सम्मको इक्विटी शेयर योगदान गर्नेछ । यसबाट सार्वजनिक क्षेत्रका धेरै कामदारहरूलाई दुई प्रतिशत निक्षेपको साथ आवास बजारमा प्रवेश गर्न अनुमति दिनेछ ।

यस योजनाले आवास खरिदका लागि सहजता प्रदान गर्ने विश्वास व्यक्त गरे । यो योजना सुरुवातमा ३ हजार अग्रपंत्तिका कामदारहरू तथा ५० वर्षमाथिका एकल मानिसका लागि हुनेछ । कामदारले यस योजनाका लागि वार्षिक ९० हजार डलर अथवा संयुक्तमा १ लाख २० हजार डलर कमाउनुपर्नेछ । यसको अर्थ यो हो कि योग्य व्यक्तिहरूले योजना अन्तर्गत महानगरीय क्षेत्रमा ९ लाख ५० हजारसम्म र क्षेत्रीय क्षेत्रमा ६ लाख सम्मको घरहरूमा दुई प्रतिशत अग्रिम निक्षेप योगदान गर्न आवश्यक पर्नेछ ।

अस्ट्रेलियाको न्यु साउथ वेल्स सरकारको नयाँ सरकारी आवास योजना अन्तर्गत अग्रपंत्तिका कामदारहरू जस्तै शिक्षक, प्रहरी र नर्सहरूका साथै ५० भन्दा माथिका एकल व्यक्तिहरूले सम्पत्ति बजारमा “लेग अप” प्राप्त गर्न सक्षम हुने भएका छन् । न्यु साउथ वेल्सका प्रिमियर डोमिनिक पेरोटेटले आइतबार आगामी राज्य बजेट अन्तर्गत यस योजनाका लागि ७ सय ८०.४ मिलियन डलर प्रतिबद्धताको घोषणा गरे । यसबाट सरकारले सम्पत्ति खरिद गर्नका लागि ४० प्रतिशत सम्मको इक्विटी शेयर योगदान गर्नेछ ।

यसबाट सार्वजनिक क्षेत्रका धेरै कामदारहरूलाई दुई प्रतिशत निक्षेपको साथ आवास बजारमा प्रवेश गर्न अनुमति दिनेछ । यस योजनाले आवास खरिदका लागि सहजता प्रदान गर्ने विश्वास व्यक्त गरे । ।

यो योजना सुरुवातमा ३ हजार अग्रपंत्तिका कामदारहरू तथा ५० वर्षमाथिका एकल मानिसका लागि हुनेछ

कामदारले यस योजनाका लागि वार्षिक ९० हजार डलर अथवा संयुक्तमा १ लाख २० हजार डलर कमाउनुपर्नेछ । यसको अर्थ यो हो कि योग्य व्यक्तिहरूले योजना अन्तर्गत महानगरीय क्षेत्रमा ९ लाख ५० हजारसम्म र क्षेत्रीय क्षेत्रमा ६ लाख सम्मको घरहरूमा दुई प्रतिशत अग्रिम निक्षेप योगदान गर्न आवश्यक पर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर