सिड्नी । सन् २०२०-२१ मा अस्ट्रेलियाका झण्डै ८०० ठूला कम्पनीहरूले कर नतिरेको अस्ट्रेलियन कर कार्यालय (एटीओ) को रिपोर्टले खुलासा गरेको छ । तर एटीओले कर नतिर्ने करिब ८०० कम्पनीको वैध कारण रहेको हुनसक्ने बताएको छ ।
एटीओको आठौं कर्पोरेट ट्याक्स ट्रान्सपरेन्सी रिपोर्टले २ हजार ४ सय ६८ कर्पोरेट संस्थाहरूलाई समेटेकोमा ७८२ (३२ प्रतिशत) ले कुनै पनि कर नतिरेको देखाएको छ ।
रिपोर्टले लेखामा घाटा वा ट्याक्स अफसेटहरू दाबी गर्ने कम्पनीहरूले आफ्नो कर बिल शून्यमा घटाएको लगायत यसका विभिन्न कारणहरू हुन सक्ने देखाएको छ ।
रिपोर्टका अनुसार प्रतिवेदनमा १ हजार ६ सय ८६ संस्थाले कर तिरेको देखाएको छ ।