काममा मोबाइल चलाउँदा अस्ट्रेलियामा एक जनालाई ३ सय डलर जरिवाना

काममा मोबाइल चलाउँदा अस्ट्रेलियामा एक जनालाई ३  सय डलर जरिवाना
नेपालआईज
२ माघ २०७९ ९:३७


सिड्नी।कामको समयमा मोबाइल फोन प्रयोग गरेको भन्दै अस्ट्रेलियामा सेवा क्षेत्रमा काम गर्ने एक कामदारको पारिश्रमिकबाट ३ सय डलर कटौती गरिएको छ । पारिश्रमिक रकममा कटौती भएपछि उक्त घटनाले विवादको रुप लिएको अस्ट्रेलियन संचारमाध्यमले जनाएका छन् ।
सामाजिक सञ्जाल रेड्डिटमा उक्त कामदारले पाँच घण्टा काम गरेको रकम काटिएको उल्लेख गरेका छन् । उनको पारिश्रमिकबाट २९८.६५ डलर काटिएको छ ।
उनले ग्राहक नभएका समयमा मोबाइल फोन प्रयोग गरेको दावी गर्दै उनले उक्त रकम फिर्ता लिएर छाड्ने दावी गरे । उनले उक्त रकमका लागि संघर्ष गर्ने बताए ।
रेड्डिटमा सयौले कमेन्ट गर्दै अवैधानिक रुपमा रकम काटिएको दावी गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर