सिड्नी – न्यूजिल्यान्डको अकल्यान्डबाट अस्ट्रेलियाका लागि उडेको क्वान्टासको विमान दुर्घटनाबाट बचेको छ । विमान प्रशान्त महासागरमा यात्रा गरिरहेको समयमा ‘मेडे कल’ आएपनि क्वान्टासको विमान सिड्नी विमानस्थलमा सुरक्षित अवतरण भएको छ ।
क्वान्टासले अवतरण हुनुभन्दा एक घण्टा अगाडी आफ्नो बोइङ ७३७-८३८ विमानको एउटा इन्जिनमा समस्या आएको जानकारी गराएको छ । अकल्यान्डबाट उडेको विमानमा समस्या आएपछि १५ मिनेट ढिलो गरी अवतरण भएको थियो ।
विमान स्थानीय समय अनुसार ३.१० मा अवतरण हुने भएपनि ३.२५ मा सुरक्षित अवतरण भएको थियो ।
मेडे कल भनेको विमानमा कुनै गम्भिर समस्या आएको अथवा तत्काल मर्मतको आवश्यकता रहेको देखाउछ ।
File photo- S.K with LENS