सिड्नी । अस्ट्रेलियामा गाडी चलाउन सिकाउने नेपाली नागरिक समिर बस्नेतमाथि यौन दुर्व्यवहारको आरोप लागेको छ । गाडी चलाउन सिकाउने क्रममा गत महिना समिरले एक महिला विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोप लगाइएको छ ।
यौन दुर्व्यवहारको आरोप लागेका सिड्नी निवासी समिरलाई गाडी चलाउन सिकाउन रोक लगाइएको छ । उनीमाथि २३ वर्षीया युवतीलाई यौन दुर्व्यवहार गरेको आरोप लगाइएको छ । उनलाई अदालतमा समेत उपस्थित गराइएको थियो ।
समिरले भने यस विषयमा कुनै प्रतिक्रिया दिएनन् । समिरमाथि उक्त युवतीको सम्वेदनशील अंगमा छोएको आरोप लागेको छ । उनले पासपोर्ट तथा अन्य कागजातसमेत सम्बन्धित निकायलाई बुझाउनुपर्ने भएको छ ।
यो खबर पहिलोपटक 7News ले प्रकाशन गरेको हो।