नेपालका पूर्वराष्ट्रिय फुटबल खेलाडी निरज न्युजिल्यान्डमा व्यावसायिक फुटबल खेल्ने

नेपालका पूर्वराष्ट्रिय फुटबल खेलाडी निरज न्युजिल्यान्डमा व्यावसायिक फुटबल खेल्ने
नेपालआईज
१४ चैत २०७९ ११:२९

न्युजिल्यान्ड । न्युजिल्यान्डमा रहेका नेपालका पूर्वराष्ट्रिय फुटबल खेलाडी निरज बस्नेतले न्युजिल्यान्डमै व्यावसायिक फुटबल खेल्ने भएका छन् ।

निरजले न्युजिल्यान्डको नोम्याड्स युनाइटेड क्लबबाट व्यावसायिक फुटबल खेल्ने भएका हुन् । सामाजिक सञ्जाल फेसबुकमार्फत् निरजले नोम्याड्स क्लबमा आबद्ध भएको जानकारी गराएका छन् । उनले सामाजिक सञ्जालमा तस्बिरहरूसमेत पोस्ट गरेका छन् ।

नेपालमा संकटा क्लबबाट ‘ए’ डिभिजन फुटबल लिगसँगै निरजले अन्य क्लबबाट मोफसलका प्रतियोगिताहरूसमेत खेलेका थिए । नोम्याड्सले न्युजिल्यान्डको दोस्रो श्रेणीको साउदर्न लिग खेल्ने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर