पाकिस्तानसँग न्यूजिल्यान्डको हार

पाकिस्तानसँग न्यूजिल्यान्डको हार
नेपालआईज
२ वैशाख २०८० ६:०६

एजेन्सी । पाकिस्तानले न्यूजिल्यान्डविरुद्धको पाँच खेलको टी-ट्वान्टी सिरिजको पहिलो खेलमा शानदार जित हात पारेको छ ।

शुक्रबार राति लाहोरमा भएको खेलमा घरेलु टोली पाकिस्तानले न्यूजिल्यान्डलाई ८८ रनले हरायो । १ सय ८३ रनको लक्ष्य पछ्याउने क्रममा न्यूजिल्यान्डले १५ ओभर ३ बलमा अलआउट हुँदै ९४ रनमात्र जोड्यो । न्यूजिल्यान्डका लागि मार्क चापम्यानले सर्वाधिक ३४ रन बनाए ।

पाकिस्तानका हारिस राउफले सर्वाधिक ४ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले १९ ओभर ५ बलमा अलआउट हुँदै १ सय ८२ रन बनायो ।

फरक जमान र साइम अयुवले समान ४७-४७ रन जोडे । न्यूजिल्यान्डका लागि म्याट हेनरीले ३ विकेट लिदाँ एडम मिल्ने र बेन लिस्टरले समान २-२ विकेट हात पारे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर