दुई अस्ट्रेलियन विश्वविद्यालयद्वारा केही भारतीय विद्यार्थीको भर्नामा प्रतिबन्ध

दुई अस्ट्रेलियन विश्वविद्यालयद्वारा केही भारतीय विद्यार्थीको भर्नामा प्रतिबन्ध
नेपालआईज
१४ जेठ २०८० ७:०५

अस्ट्रेलिया । दुई अस्ट्रेलियन विश्वविद्यालयले जालसाजी भिसा आवेदनहरू बढेको भन्दै केही भारतीय विद्यार्थीहरूको भर्नामा प्रतिबन्ध लगाइदिएका छन् ।

भिक्टोरियाको फेडरेशन युनिभर्सिटी र न्यू साउथ वेल्सको वेस्टर्न सिड्नी युनिभर्सिटीले जालसाजी भिसा आवेदनहरू बढेको चिन्ता व्यक्त गर्दै केही भारतीय राज्यहरूका विद्यार्थीहरूको भर्नामा प्रतिबन्ध लगाएका हुन् । शिक्षा एजेन्टहरूलाई पञ्जाब, हरियाणा, गुजरात, उत्तराखण्ड, उत्तर प्रदेश र केन्द्र शासित प्रदेश जम्मु कश्मीरका विद्यार्थीहरूलाई विचार नगर्न निर्देशन दिइएको हो ।

प्रतिवेदनले संकेत गरेको छ कि अस्ट्रेलियाको गृह विभागले अब चारमध्ये एक आवेदनलाई “ठगी” वा “गैर-वास्तविक” मानेको छ।

यो प्रतिबन्ध सोमबार प्रधानमन्त्री नरेन्द्र मोदीको अस्ट्रेलियाको तीनदिने भ्रमणअघि घोषणा गरिएको थियो । जसमा भारतीय डायस्पोराका लागि सिड्नीमा ठूलो सामुदायिक कार्यक्रम हुने तय गरिएको थियो ।

फेडरेशन युनिभर्सिटीले मे १९ मा एक पत्रमा केही भारतीय क्षेत्रबाट गृह विभागबाट भिसा आवेदन अस्वीकार गर्ने अनुपातमा उल्लेख्य बृद्धि भएको देखेको बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर