सिड्नी । डेनमार्कलाई हराउँदै आयोजक अस्ट्रेलिया क्वार्टरफाइनलमा
डेनमार्कलाई हराउँदै आयोजक अस्ट्रेलिया फिफा महिला विश्वकप फुटलबको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
अस्ट्रेलियाको सिड्नी स्टेडियममा आज भएको प्रि-क्वार्टरफाइनल खेलमा डेनमार्कलाई २-० गोलले पराजित गर्दै अस्ट्रेलिया अन्तिम ८ मा प्रवेश गरेको हो ।
अस्ट्रेलिया सन् २०१५ पछि क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।
अस्ट्रेलियालाई जित दिलाउन केटलिन फोर्ड र हेले रासोले एक-एक गोल गरे ।
फोर्डले २९ औँ मिनेटमा गोल गर्दै अस्ट्रेलियालाई अग्रता दिलाइन् ।
रासोले ७१ औँ मिनेटमा गोल गर्दै अस्ट्रेलियाको जित सुनिश्चित गरिन् ।