सिड्नीमा  रुपन्देही सामाजिक सञ्जालद्वारा दशै‌-तिहार शुभकामना कार्यक्रम सम्पन्न 

सिड्नीमा  रुपन्देही सामाजिक सञ्जालद्वारा दशै‌-तिहार शुभकामना कार्यक्रम सम्पन्न 
नेपालआईज
४ कार्तिक २०८० १०:३९

 सिड्नी ।   रुपन्देहि सामाजिक सञ्जाल (RSNA) अस्ट्रेलियाको आयोजनमा विजयादशमी ,शुभदिपावली ‘नेपाल सम्वत तथा छठ पर्वको पावन अवसरमा वरिष्ठ लोक गायक , साहित्यिक सर्जक एवं पत्रकार रामप्रसाद खनाल सँग साक्षरता गदै एक कार्यक्रमका बिच अस्ट्रेलियाको न्यु साउथ बेल्थ को रकडेलमा कार्यक्रम सम्पन्न भएको छ |

मातृभूमिबाट टाढा भएपनि हाम्रो परम्परा चाड पर्व संस्कृतिको संरक्षण गर्दै एक आपसमा भाईचारा तथा भातृत्वलाई कायम गर्ने उद्देश्यले सो कार्यक्रम गरिएको संस्थाका अध्यक्ष मुक्तिराम पोखरेलले नेपाल आई सँगको कुराकानिमा बताए सांस्कृत्तिक तथा साहित्यिक कोर्डिनटर सुचना पाण्डे को संञ्चालन संस्थाका अध्यक्ष मुक्तिराम पोखरेलको अध्यक्षता वरिष्ठ लोकगाएक , सर्जक एवं पत्रकार राम प्रसाद खनालको प्रमुख आथित्यतामा भएको सो कार्यक्रममा नेपालिपन ,सांस्कृत्तिक जगेर्ना तथा संरक्षणको आयाम थप्ने गित संगित तथा नृत्य मार्फत RSNA का महिला संयोजक सृजना खड्का गैरे ,वाल गायन आयुषि पोखरेल र आरोहि पोखरेलले आफ्नो प्रस्तुति मार्फत उपस्थित महानुभावहरुलाई मनोरन्जन प्रदान गराएका थिए |

कार्यक्रममै प्रमुख अतिथि राम प्रसाद खनालले आफ्नो मन्तव्य व्यक्त गर्दै विश्वको जुन सुकै कुनामा रहेपनि बिभिन्न विचार बाहानमा आस्था ,धर्म विचारमा विभाजित हुन्छयौ त्यो नभई हामी नेपाली हौ भन्ने भावनालाई कहिल्यै भुल्नु हुदैन एकता, भाईचारा ठुलो कुरा हो भन्दै सञ्जाल ८ वर्षमा गरेको कामको सरहना गर्दै आफ्नो कला तथा गलाको माध्यमबाट गित संगितका साथ कार्यक्रममा मनोरन्जन प्रदान गराउनु भएको थियो । कार्यक्रममा अतिथिहरुले क्रमश शुभकामना व्यक्त गर्नुभएको थियो जसमा क्रमश वरिष्ठ समाजसेवि तथा समस्त नेपालिका अभिभावक डा नारायण प्रधान ,फ्रेन्काका उपाध्यक्ष डा० मधुसुदन पुडासैनि गुल्मी समाजका अध्यक्ष कमला वस्नेत, RSNA का पूर्व सल्लाहाकार एवं समाजसेवि रामजी विष्ट ,प्रध्यापक संघका निवर्तमान अध्यक्ष प्रध्यापक गोपाल पाण्डे ,संस्थाका संरक्षक ज्यू हरु क्रमःश संस्थापक अध्यक्ष राज खनाल , संरक्षक कृष्ण गैरे,ईश्वर पोखरेल लगायतकाले संस्था स्थापनाकाल देखि संस्थाले गरेका मानविय तथा परोपकारी कार्यको सरहना गर्दै शुभकामना व्यक्त गर्नु भएको थियो ।

साथै कार्यक्रमलाई सफलता उन्मुख बनाई परम्परागत चाडपर्व तथा रितिरिवाजको संरक्षणमा आयाम थपियोस भनेर विभिन्न व्यवसायिक संस्थाहरु क्रमश एक्सफोर्ड एण्ड भिसा सर्मिसेस , किङ्सफोर्ड इन्टरनेशल इच्चियूट,इन्द्रेगी ग्रुप, लेन्ड एण्ड लिज रियल्टी साउथ बेष्ट, श्रेष्ठ होम लोन,न्यु पोखरा ज्वलर्स,आर के पेस्ट कन्टोल एवं रिमुभल सर्मिसेस , प्रोपर्टी पल्स लगायतका संस्थाले सहकार्य एवं संमन्वय गरेका थिए भने कार्यक्रममा संस्थाका सल्लाहाकार,कार्समितिका पपाधिकारी सदस्य ज्यूहरु , संगित तथा कला प्रेमिहरु ,नेपाल तथा अष्ट्रेलियामा रहनु भएका अभिभावक समुदायका अगुवा तथा सहयोगि संस्थाका प्रतिनिधि ज्यूहरुको उत्साहाजनक उपस्थिती रहेको थियो |

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर