६ वर्षपछि डार्लिङ  हार्वरमै फर्कियो सिड्नीको ‘नेपाल फेस्टिभल’; यस्तो छ कारण 

६ वर्षपछि डार्लिङ  हार्वरमै फर्कियो सिड्नीको ‘नेपाल फेस्टिभल’; यस्तो छ कारण 
नेपालआईज
५ मंसिर २०८१ ०:१९


नेपाल फेस्टिभल सिड्नी’को सुरुवात नै डार्लिङ  हार्बरको तुम्बालङ पार्कबाट भएको थियो । तर, कोभिडपछि पहिलो पटक  सन् २०२२ मा भएको नेपाल फेस्टिभल सिड्नीको  कार्यक्रम हुने स्थान एकाएक  परिवर्तन भयो । तत्कालीन समयमा   हार्वर छोडेर फेस्टिभल किन बरुड सर्‍यो भन्नेमा  सिड्नीको नेपालीजनमा  खासै  चर्चा भएन ।


तर, २०२४ को नेपाल फेस्टिभल सिड्नी, पुन:डार्लिङ हार्वरमै फर्काउन निकै कसरत गर्नुपरेको कुरा  एनआरएनए अस्ट्रेलियाको वर्तमान नेतृत्वले दाबी गरेको छ ।  एनआरएनए  अस्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले डार्लिङ हार्बरबाट बरुड फर्किएको नेपाल  फेस्टिभल फेरी हार्बरको तुम्बालङ पार्कमै फर्काउँदाका केही अनुभव बाढेका छन् । 

पोखरेलले  आइतबार पत्रकार सँगको  जूमप्रश्न उत्तर कार्यक्रममा  नेपाल फेस्टिभल सिड्नी २०२४ को तयारीको बारेमा जानकारी दिनुभन्दा पहिले   ‘नेपाल फेस्टिभल सिड्नी’  हार्बरबाट बरुड फर्कनुको फेहरिस्त  सुनाए । उनले  सन् २०१८ मा कार्यक्रमपछि पोस्ट  मिटिङ र डकुमेन्टका  कुराहरू मिट गर्न नसक्दा  हामीलाई फेस्टिभल हार्वर फर्काउन निकै  मेहनत  गर्नुपर्‍यो । पोखरेलले पत्रकार सँगको छलफलमा  सो कुरा  महत्वका साथ राखे ।

पोखरेल भन्छन्- ‘’हामीले त्यसलाई केही लेसेन-लनका रूपमा लिने हो, त्यसलाई ‘व्याकवाइटिङ्’ गर्नु हुन्न त्यसको जिम्मा म पनि लिउँला । म स्टल संयोजक थिए । तर, म  भोलेन्टियरकाममा कसैलाई दोष लगाउन चाहान्न ।’

उनले थपे ‘यो वर्षको नेपाल फेस्टिभल सिड्नी हार्बरमा  फर्काउन हामीले बहुसांस्कृतिक मन्त्री देखि हार्बरको व्यवस्थापनलाई बुझाउन  निकै मुस्किल परेको थियो । हामीले उनीहरूलाई बुझाउन सक्यौ  र फेस्टिभल पुन; हार्वरमै फर्कियो । अहिलेको टिममा पनि  फेस्टिभल बरुडमा गर्नेकी  हार्बरमा गर्ने भन्नेबारेमा बहस भएको, तर  हार्बरमा गर्नुको विशेष  महत्त्व भएकाले हामीले यो वर्षको फेस्टिभल तुम्बालङ पार्क डार्लिङ् हार्बरमा गर्छौ र आगामी नेतृत्वलाई पनि सहज बनाउँछौँ  पोखरेलले भनेका छन्।   

सन् २०१७ देखि १९ सम्म एनआरएनए अस्ट्रेलियाको नेतृत्वमा टोनु घोताने र  एनएसडब्लुको संयोजकमा नन्द गुरुङ थिए । उनीहरूकै  नेतृत्वमा नेपाल फेस्टिभल सिड्नी २०१८ सम्पन्न भएको थियो । 

  तत्कालीन अध्यक्ष  टोनु घोतानेले  भने ‘हामीले सवै काम गरेर नेतृत्व हस्तान्तरण गरेका छौँ ।’’  कोभिडपछि २०२१ मा नेपाल फेस्टिभल नै भएन २०२२ मा बरुडमा   भएको स्मरण गराउँदै पूर्व अध्यक्ष घोतानेले भन्छन्-’मेरो बुझाइमा हाम्रो कारणले  नेपाल फेस्टिभल  बरुड पुगेको हैन कि बरुडमा गर्दा कम खर्च लाग्ने  र हार्बरको भेन्युको लागि ढिलो आवेदन दिएकाले  सन् २०२२ को नेपाल महोत्सवका लागि भेन्यू नपाएर हुनसक्छ । उनले भने, हामी त्यसको बारेमा समिक्षा गर्न तयार छौं तर ,घोतानेले अध्यक्ष पोखरेलको कार्यशैलीको भने प्रशंसा गरे । 

मैले तत्कालीन अध्यक्ष नन्द गुरुङलाई सोधेको थिए । के तपाँईहरुले  सन्  २०१८मा  नेपाल फेस्टिभल गरेपछि  हार्बरको व्यवस्थापकलाई कम्प्लाइन्स नबुझाएको हो ?  गुरुङले भने ‘’भेन्यु संयोजक तोकिएको थियो कार्यक्रम सकिएपछि हार्बरको मिटिङमा नगएको भन्ने सुनेको हो, त्यसबाहेक हार्बरको व्यवस्थापकले हामीसँग कुनै कागजात मागेको  रेकर्ड छैन । हामीले प्रक्रिया पुराएरै कार्यक्रम  शुरु र अन्तय गरेका थियौँ ।

बरुडमा कार्यक्रम गर्दा धेरैको गुनासो थियो, यत्रो सामाजिक कार्यक्रम गर्ने स्थान पायक पर्ने  ठाउँमा भएन ।  सिड्नीमा आम नेपाली समुदायको गुनासो यस पटक भने  संवोधन भएको छ । पोखरेल नेतृत्वको एनआरएनए अस्ट्रेलियाले सिड्नीको नेपाल फेस्टिभल डार्लिङ हार्बरको तुम्बालङ पार्कमा फर्काउँदा सबैलाई सहज त हुने नै भयो, त्यो भन्दा पनि महत्त्वपूर्ण भनेको सिड्नीको पर्यटकीय स्थलमा नेपाली कला र संस्कृति झल्कँदा  नेपाल र नेपालीको शान अझ बढ्ने भयो । सिड्नीको टाउन हलमा  नेपाली झन्डा र सांस्कृतिक परेड देखाउ पाउदा नेपालीहरूका लागि गर्वको कुरा हो ।  किनकि यो ठाँउ विश्वका सबै देशका मान्छे जमघट हुने स्थान हो । त्यसैले एनआरएनए अस्ट्रेलियाका अध्यक्ष पोखरेलले   सिड्नीको नेपाल फेस्टिभल  डार्लिङ हार्वरमै  फर्काएकोमा  सबैले  प्रशंसा गर्दा फरक पर्दैन । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर