Nepali art and culture in Australia through the media, our first priority will be to include all the news and information in Nepali language that the Nepali / Australian community needs.
अस्ट्रेलिया आउने नेपाली विद्यार्थी बढ्दै, भिसा स्वीकृतिमा सुधार
नेपालआईज
२९ फागुन २०८१ ११:५२
छत्र शंकर
अस्ट्रेलियाको गृहमन्त्रालयले सार्वजनिक गरेको जनवरी २०२५ को तथ्यांकअनुसार, उच्च शिक्षा अध्ययनका लागि आवेदन दिने प्रमुख मुलुकहरूमध्ये नेपालले करिब ९४ दशमलब २ प्रतिशतको भिसा स्वीकृति दर कायम राखेको छ। नेपालबाट ७ सय ७० जना विद्यार्थीले भिसा पाएका छन्, जुन अघिल्लो अवधिको तुलनामा उल्लेखनीय वृद्धि हो।
अस्ट्रेलियामा अध्ययन भिसाका लागि अग्रस्थानमा चीन रहेको छ, जहाँ ३ हजार ५ सय ८१ जना विद्यार्थीले भिसा प्राप्त गरेका छन्, जसको स्वीकृति दर ९४.७% रहेको छ। भारत दोस्रो स्थानमा रहे पनि यसको स्वीकृति दर तुलनात्मक रूपमा कम ८७.५% मात्र छ, जहाँ २,३९९ विद्यार्थी भिसा प्राप्त गर्न सफल भएका छन्।
बङ्गलादेशले ९९.१% को उच्च भिसा स्वीकृति दर कायम गर्दै १,१९४ विद्यार्थी भिसा प्राप्त गर्न सफल बनाएको छ। श्रीलङ्काले ९७% को स्वीकृति दर कायम राख्दै ४३० विद्यार्थी भिसा लिन सफल भएका छन्।
अन्य मुलुकहरूमध्ये, इन्डोनेसियाले ९८.९% को स्वीकृति दर कायम राख्दै २८४ विद्यार्थी भिसा प्राप्त गरेका छन्। भूटानका २०६ विद्यार्थीले ९५.९% को स्वीकृति दर सहित भिसा पाएका छन्। पाकिस्तानको भिसा स्वीकृति दर तुलनात्मक रूपमा कम ५८.८% मात्र छ, जहाँ १८४ विद्यार्थी भिसा प्राप्त गर्न सफल भएका छन्। मलेसियाले उच्च ९९.७% को स्वीकृति दरसहित १४३ विद्यार्थीलाई भिसा प्रदान गरेको छ।