अष्ट्रेलियामा चुनावी बहस: अल्बानीजको स्थिर नेतृत्व – डटनको स्पष्ट र ठोस विकल्प

अष्ट्रेलियामा चुनावी बहस: अल्बानीजको स्थिर नेतृत्व  – डटनको स्पष्ट र ठोस विकल्प
नेपालआईज
३ वैशाख २०८२ ११:२५

आगामी अष्ट्रेलियन संघीय निर्वाचनलाई लक्षित गर्दै प्रधानमन्त्री एन्थोनी अल्बानीज र विपक्षी नेता पिटर डटनबीच दोस्रो टेलिभिजन चुनावी बहस सम्पन्न भएको छ। एबीसी (ABC) द्वारा आयोजित र प्रत्यक्ष प्रसारित उक्त बहसमा दुवै नेताले करिब एक घण्टासम्म नीति, योजना र दृष्टिकोणको प्रभावशाली प्रस्तुति दिए।

प्रधानमन्त्री अल्बानीजले हालसम्मको आफ्नो सरकारको उपलब्धिहरू उल्लेख गर्दै आर्थिक स्थायित्व कायम गरिएको, नवीकरणीय ऊर्जा क्षेत्रमा लगानी बढाइएको, र सामाजिक सुरक्षा कार्यक्रमहरू विस्तार गरिएको बताए। उनले शिक्षा, स्वास्थ्य सेवा, आवासीय सुविधा र न्यून आय भएका समुदायप्रतिको सरकारको प्रतिबद्धता दोहोर्याए।

विपक्षी नेता पिटर डटनले भने जीवनयापनको बढ्दो खर्च, कमजोर आप्रवासन नीति र अपराध दरको वृद्धिलाई लिएर वर्तमान सरकारमाथि कडा आलोचना गरे। उनले कम आय भएका परिवारलाई लक्षित गरी नयाँ घर निर्माण योजना, कडा आप्रवासन नियन्त्रण तथा ऊर्जा मूल्य घटाउने प्रतिवद्धता व्यक्त गरे।

दुवै नेताले आफ्नो-आफ्नो दृष्टिकोण स्पष्ट पारे पनि दर्शक र विश्लेषकहरूबीच भने मत विभाजित देखिएको छ। केहीले अल्बानीजको स्थिरता र अनुभवको प्रशंसा गरे भने अन्यले डटनको स्पष्ट र प्रत्यक्ष प्रस्तुतीकरणलाई प्रभावकारी ठाने।

चुनाव नजिकिँदै गर्दा यस्ता बहसहरूले आम मतदातालाई आफ्नो निर्णय लिन सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर