समुदायको आवाज संसदमा पुर्‍याउन अब अष्ट्रेलियामा नेपाली उम्मेदवार विनोदलाई जिताऔं

समुदायको आवाज संसदमा पुर्‍याउन अब अष्ट्रेलियामा नेपाली उम्मेदवार विनोदलाई जिताऔं
नेपालआईज
१६ वैशाख २०८२ १०:११

 

 

 छत्र शंकर


अष्ट्रेलियामा संघीय चुनावमा नेपाली मूलका उम्मेदवारहरूको उपस्थिति हालै मात्र बढ्न थालेको हो। केही वर्षयता केही उम्मेदवारहरू मैदानमा आए पनि विजयको स्वाद चाख्न भने सकेका छैनन्। तर चुनाव भनेकै निरन्तर प्रयासको यात्रा हो। एक पटक नजितेको अर्थ हार होइन, बरु अर्को ठूलो सफलताको आधारशिला हो।

यस पटक न्यु साउथ वेल्सको मकार्थर निर्वाचन क्षेत्रबाट लिबरल पार्टीका तर्फबाट नेपाली मूलका उम्मेदवार विनोद पौडेल चुनावी प्रतिस्पर्धामा उत्रेका छन्। उनलाई जिताउन नेपाली समुदाय एकताबद्ध भएर लाग्न जरुरी छ। किनकि यो जित केवल एक व्यक्तिको वा एउटा पार्टीको मात्र नभई, सम्पूर्ण नेपाली समुदायको उपस्थिति र सम्मानको जित हुनेछ।

यदि विनोद पौडेल जस्ता नेपाली मूलका उम्मेदवारले संसदसम्म पुग्न सके भने, यसले नेपाली समुदायलाई विभिन्न तहमा निम्न फाइदाहरू पुर्‍याउनेछः


नेपाली समुदायको पहिचान र प्रतिष्ठा बलियो हुने


संघीय संसदमा नेपाली प्रतिनिधि हुनु आफैँमा ठूलो गौरवको कुरा हो। यसले नेपालीहरूको सामाजिक, सांस्कृतिक र पेशागत उपस्थिति अझ मजबुत बनाउनेछ। अष्ट्रेलियाली समाजमा नेपाली समुदायको योगदान र सम्मान व्यापक रूपमा देखिनेछ।

नीति निर्माणमा प्रत्यक्ष प्रभाव पर्ने


नेपाली आप्रवासीहरूको हितमा विभिन्न मुद्दा उठाउन सजिलो हुनेछ। जस्तैः

  • भिसा प्रक्रिया र स्थायी आवास (PR) सम्बन्धी सहजता 

  • अन्तर्राष्ट्रिय विद्यार्थीहरूको समस्या समाधान 

  • आप्रवासन नीतिहरूमा सुधार 

  • रोजगार, शिक्षा, स्वास्थ्य र व्यवसाय सम्बन्धी नेपाली सरोकारहरूमा सरकारी ध्यान आकर्षण 

युवा पुस्तालाई नेतृत्वप्रति प्रेरणा


विनोद पौडेल जस्ता नेपाली प्रतिनिधिको सफलताले नयाँ पुस्तामा राजनीतिक सहभागिता र नेतृत्व विकासको भावना बलियो पार्नेछ। नेपाली युवा तथा विद्यार्थीहरूलाई अष्ट्रेलियाली राजनीतिमा सक्रिय भूमिका खेल्न प्रेरणा मिल्नेछ।

समानता र समावेशी समाजमा योगदान


नेपाली समुदायले अन्य आप्रवासी समुदायहरूसँग बराबरीको सम्बन्ध विकास गर्न सक्नेछ। अष्ट्रेलियाको बहुसांस्कृतिक समाजमा नेपाली आवाज अझ मजबुत र सम्मानित रूपमा प्रस्तुत हुन सक्नेछ।

सम्पूर्ण समुदायको आत्मविश्वास वृद्धि


एकजुट भएर उम्मेदवारलाई समर्थन गर्दा नेपालीहरूमा सामूहिक आत्मविश्वास, ऐक्यबद्धता र भविष्यप्रतिको आशा बढ्नेछ। यसले दीर्घकालीन रूपमा संस्थागत विकास र सामाजिक, आर्थिक उन्नति सुनिश्चित गर्नेछ।

अष्ट्रेलियाको चुनावमा नेपाली समुदाय निर्णायक भोट शक्ति हो। त्यसैले आफ्नो उम्मेदवारलाई जिताउन हामी आफैँ सक्रिय भएर लाग्नुपर्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर