एनआरएनए न्यु साउथ वेल्सको राज्य संयोजक पदमा राकेश जोशीको उम्मेदवारी घोषणा

एनआरएनए न्यु साउथ वेल्सको राज्य संयोजक पदमा राकेश जोशीको उम्मेदवारी घोषणा
नेपालआईज
६ जेठ २०८२ १२:१४

सिड्नी -गैरआवासीय नेपाली संघ  अष्ट्रेलियाको आगामी कार्यकाल २०२५–२०२७ का लागि न्यु साउथ वेल्स  राज्य संयोजक पदमा राकेश जोशीले आफ्नो उम्मेदवारीको घोषणा गरेका छन्।

जोशीले सामाजिक सञ्जालमार्फत समुदायलाई सम्बोधन गर्दै आफ्नो उम्मेदवारी    घोषणा गरेका हुन् ।  उनले यसअघि सन् २०२१–२०२३ को कार्यकालमा एनआरएनए अष्ट्रेलियाको संयुक्त सचिवको जिम्मेवारी निर्वाह गरिसकेका छन्।

जोशी विगतदेखि नै विभिन्न सामाजिक र मानवीय सेवामा संलग्न रहँदै आएका छन्। सन् २०१५ को विनाशकारी भूकम्पका बेला नेपालमा राहत र समन्वयका कार्यक्रमहरूमा सक्रिय थिए भने अष्ट्रेलियामा निधन भएका नेपालीहरूको शव नेपाल पठाउने काममा समेत अगुवा भूमिका  खेलेको बताए ।

नेपाली समुदायसँगको निरन्तर सम्पर्क, सहकार्य र सेवामूलक अनुभवले आफूलाई आगामी कार्यकालमा अझ प्रभावकारी, समावेशी र उत्तरदायी नेतृत्व दिन प्रेरित गरेको जोशीले बताएका छन्।

उनले एनआरएनए एनएसडब्ल्यूलाई सबै नेपालीहरूको साझा चौतारी बनाउने अठोट दोहोर्‍याउँदै सम्पूर्ण सदस्य तथा समुदायका दाजुभाइ–दिदीबहिनीहरूसँग सल्लाह, सुझाव र समर्थनको अपेक्षा  गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर