ग्रेटर सिड्नी नेपाली बहुसांस्कृतिक केन्द्र निर्माणका लागि आध्यात्मिक महोत्सवको तयारी तीव्र

ग्रेटर सिड्नी नेपाली बहुसांस्कृतिक केन्द्र निर्माणका लागि आध्यात्मिक महोत्सवको तयारी तीव्र
नेपालआईज
३ असार २०८२ १०:३६

सिड्नी,  प्रस्तावित ग्रेटर सिड्नी नेपाली बहुसांस्कृतिक केन्द्र (GSNMC) निर्माणको उद्देश्यले आयोजना हुन लागेको सिड्नी आध्यात्मिक महोत्सव २०२५ का सन्दर्भमा जानकारी दिन आइतबार एक पत्रकार सम्मेलन तथा सामुदायिक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

सिड्नीको Bardali Function Center मा सम्पन्न उक्त कार्यक्रममा GSNMC का पदाधिकारीहरू, बोर्ड अफ डाइरेक्टरहरू, विभिन्न नेपाली सामुदायिक संघ-संस्थाका प्रतिनिधिहरू तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा आउँदो अगस्ट २९ देखि ३१ सम्म आयोजना हुने सिड्नी आध्यात्मिक महोत्सव २०२५ को उद्देश्य, हालसम्मको तयारी, कार्य प्रगति विवरण र आगामी योजनाहरूको बिस्तृत जानकारी प्रस्तुत गरियो।

GSNMC का अध्यक्ष विष्णु हमालले महोत्सवको उद्देश्य समुदायमा चेतना फैलाउनुका साथै केन्द्र निर्माणका लागि आवश्यक आर्थिक सहयोग जुटाउनु भएको बताए। महोत्सवमा नेपालबाट वाचन प्रविण दीनबन्धु पोखरेल प्रमुख अतिथि रहने र सिड्नीस्थित बौद्ध धर्मगुरुहरूको पनि उपस्थित रहने जानकारी गराइयो।

प्रायोजनमा उत्साह

GSNMC उपाध्यक्ष उमेश पन्तले महोत्सवलाई सफल बनाउन सबै व्यवसायीहरूलाई आफ्नो सामर्थ्यानुसार प्रायोजन गर्न आह्वान गरे। हालसम्म MarkQ Homes प्रमुख प्रायोजकका रूपमा सामेल भइसकेको छ भने Aussie Finance and Home LoansExpert Education and Visa Services ले platinum प्रायोजनको प्रतिबद्धता जनाएका छन्।

१००८ कलश सहितको यात्राबाट सुरु हुनेछ महोत्सव

महोत्सवको पहिलो दिन १००८ कलश सहितको कलश यात्राबाट प्रारम्भ हुनेछ, जसमा सिड्नीभरिका महिला दिदीबहिनीहरूको सहभागिता रहनेछ। यस यात्राको संयोजन GSNMC सचिव मीना शर्मा ले गर्नेछिन्। उनले सबै महिलाहरूलाई छिटो रजिस्ट्रेसन गरी यो पवित्र यात्रामा सहभागी हुन आग्रह गरिन्।

नेपाली समुदायको साझा सपना

GSNMC अभियान, सिड्नीमा बहुसांस्कृतिक नेपाली केन्द्र स्थापनाको साझा सपना हो, जसले आगामी पुस्तालाई नेपाली समुदायको साझा सम्पत्तिको रूपमा हस्तान्तरण हुने आशा गरिएको छ। कार्यक्रममा उपस्थित वक्ताहरूले आजीवन सदस्यता नै केन्द्र निर्माणको दीर्घकालीन आर्थिक आधार भएकाले सबैलाई सदस्य बन्न आग्रह गरे।

कार्यक्रमको सञ्चालन GSNMC महासचिव डा. प्रकाश पौडेल ले गर्नुभएको थियो। पत्रकार तथा सहभागीहरूको जिज्ञासामा अध्यक्ष हमाल, उपाध्यक्ष पन्त, महासचिव पौडेल र सचिव शर्मा लगायतले जवाफ दिएका थिए।

सिड्नी आध्यात्मिक महोत्सव २०२५ सम्बन्धी थप जानकारीका लागि

  • विष्णु हमाल (अध्यक्ष) – ०४१२ ५५० ७२५
  • डा. प्रकाश पौडेल (महासचिव) – ०४५२ ६३७ ०४८
  • महेन्द्र लम्साल (मिडिया संयोजक) – ०४१२ ००१ ७६९

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर