एनआरएनए अष्ट्रेलियाको निर्वाचन ढकाल नेतृत्वको टिमले गराउँदै

एनआरएनए अष्ट्रेलियाको निर्वाचन ढकाल नेतृत्वको टिमले गराउँदै
नेपालआईज
१० असार २०८२ ८:५८

सिड्नी | गैर आवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको आगामी   जुलाई २६ मा हुने  निर्वाचनका लागि   ढिल्ली ढकालको नेतृत्वमा राष्ट्रिय निर्वाचन आयोग गठन गरिएको छ।

नवनियुक्त मुख्य निर्वाचन आयुक्तका रूपमा  ढिल्ली ढकाल चयन भएका छन् भने राजु प्रसाद उपाध्यायले उप–निर्वाचन आयुक्तको भूमिका निर्वाह गर्नेछन्। डा. रामकृष्ण निरौलालाई निर्वाचन आयोगको सचिवको जिम्मेवारी दिइएको छ। आयोगमा किरण अधिकारी (आईटी संयोजक) सहित विभिन्न राज्यहरूबाट प्रतिनिधित्व तोकिएको छ ।

निर्वाचन आयोगमा समावेश सदस्यहरूमा सुदर्शन  थापा मगर, प्रकाश अर्याल र मधुरी मास्के रहेका छन्। उनीहरूले आयोगमा निर्णय प्रक्रिया र कार्यक्रम व्यवस्थापनमा सहयोग गर्ने जिम्मेवारी पाएका छन्।

त्यस्तै, आयोगमा विभिन्न राज्यहरूबाट प्रतिनिधि सदस्यसमेत मनोनित गरिएको छ। डा.राजु मानन्धर (NSW), हेम दुलाल (VIC), कृष्ण सुवेदी (ACT), सुरेश खत्री (QLD), रबिन बर्तौला (WA), अंकुर उपाध्याय (SA), कञ्चन अर्याल (TAS) र दिनेश सापकोटा (NT) निर्वाचन प्रक्रिया सहज बनाउन सहभागी हुनेछन्।

निर्वाचन आयोगले निष्पक्ष, पारदर्शी र समावेशी निर्वाचन प्रक्रिया सुनिश्चित गर्ने प्रतिबद्धता जनाएको छ। आयोगले छिट्टै निर्वाचन कार्यतालिका सार्वजनिक गर्ने तयारीमा रहेको जनाइएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर