एनआरएनए अष्ट्रेलिया निर्वाचनको पूर्वसन्ध्यामा टिम रोशन (NSW) ले कर्णालीलाई एम्बुलेन्स प्रदान गर्ने घोषणा

एनआरएनए अष्ट्रेलिया निर्वाचनको पूर्वसन्ध्यामा टिम रोशन (NSW) ले कर्णालीलाई एम्बुलेन्स प्रदान गर्ने घोषणा
नेपालआईज
९ साउन २०८२ १२:२८

सिड्नी– गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको निर्वाचनको अघिल्लो दिन, न्यु साउथ वेल्सस्थित टिम रोशनले नेपाली समुदायमा फरक अभ्यास गर्दै सुदूरपश्चिम कर्णाली प्रदेशमा एउटा एम्बुलेन्स दिने घोषणा गरेको छ।

जब धेरै उम्मेदवारहरू चुनावी प्रचार, विज्ञापन र महँगा कार्यक्रमहरूमा स्रोत खन्याइरहेका छन्, टिम रोशनले ती सबै खर्च कटौती गर्दै जीवनरक्षक सेवामा लगानी गर्ने निर्णय गर्‍यो। “हामीले नाराभन्दा स्वास्थ्य र आशामा लगानी गर्यौं,” संयोजक पदका उम्मेदवार रोशन भट्टराई भने।

कर्णाली प्रदेश अझैपनि आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित छ, जहाँ बिरामीले अस्पताल पुग्न दिनौं हिँड्नुपर्ने अवस्था रहेको छ। यो एम्बुलेन्सले विशेषगरी सुत्केरी, आकस्मिक दुर्घटना तथा गम्भीर बिरामीहरूलाई आपतकालीन सेवामा राहत पुर्‍याउने उनको दावी छ।

टिम रोशनले उल्लेख गरेअनुसार, “यो केवल प्रचारको माध्यम होइन, यो सेवाभावको प्रतीक हो। नेतृत्‍व भनेको आफैंको छायामा रमाउने होइन, आवश्यकता भएकासम्म पुग्‍न सक्ने आँट र इमानदारी हो।”टिम रोशनलाई सन्जिव गोरखालीको सर्मथन रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर