अष्ट्रेलियामा दौडेरै नेपालीहरूले चिनाए नेपाल

अष्ट्रेलियामा दौडेरै नेपालीहरूले चिनाए नेपाल
नेपालआईज
१६ भदौ २०८२ ११:५९

सिड्नी / अष्ट्रेलियाको सबैभन्दा ठूलो सिड्नी म्याराथन २०२५ मा नेपाली मूलका धावकहरूको ऐतिहासिक सहभागिताले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा   चिनाएको छ ।  करिब ३५ हजार सहभागीमध्ये ५० भन्दा बढी नेपाली धावकले विश्वका विभिन्न कुनाबाट भाग लिए, जुन अहिलेसम्मकै ठूलो सहभागिता हो।

नेपाली धावक विकास श्रेष्ठले ४२.२ किमी दूरी २ घण्टा ५५ मिनेटमा पूरा गर्दै उत्कृष्ट नतिजा ल्याए भने वेलायतका सन्तोष राईले २ घण्टा ५७ मिनेट ५६ सेकेन्डमा दूरी पार गरे। नेपालबाट आएका रामकृष्ण महर्जनसहित तीन धावकले प्रत्यक्ष रूपमा नेपालको प्रतिनिधित्व गरे।

सिड्नीवासी नेपाली समुदायले म्याराथनपछि विशेष स्वागत समारोह आयोजना गरी सम्पूर्ण धावकलाई नेपाली झण्डा अंकित खादा ओढाएर सम्मान गर्‍यो। नर्थवेष्ट नेपाली कम्युनिटीका अध्यक्ष बिकेन्द्र अधिकारीले धावकहरूको साहसलाई सम्पूर्ण नेपाली समुदायको गौरव भने।

यस वर्षको म्याराथनमा एथियोपियाका Hailemaryam Kiros (२:०६:०६) पुरुष विजेता बने भने, महिलातर्फ डच धाविका Sifan Hassanले २:१८:२२ समयसहित नयाँ कीर्तिमान कायम गरिन्।
यही वर्ष सिड्नी म्याराथन पहिलोपटक World Marathon Majors मा सूचीकृत हुँदा यसले विश्व खेलमञ्चमा अझ प्रतिष्ठा कमाएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर