जेन जी आन्दोलनका मृतकहरुको सम्झनामा साउथ अस्ट्रेलियाको माउन्ट ग्याम्बीयरमा शोक सभा !

जेन जी आन्दोलनका मृतकहरुको सम्झनामा साउथ अस्ट्रेलियाको माउन्ट ग्याम्बीयरमा शोक सभा !
नेपालआईज
२५ भदौ २०८२ ११:१७

एडिलेड / साउथ अस्ट्रेलियाको माउन्ट ग्याम्बीयरस्थित भान्सिटार्ट पार्कमा शोक सभा आयोजना गरिएको छ ।नेपालमा चलेको जेन जी नेतृत्वको आन्दोलनका क्रममा ज्यान गुमाएकाहरुको आत्माको शान्तीको कामना गर्न सम्मेलित शोक सभामा विभिन्न उमेर समुहका नेपालीहरुको उपस्थिती रहेको थियो ।

नेपाल आईज्सॅगको कुराकानीका क्रममा मृतआत्माहरुको चीर शान्तीको काममा गर्दै माउन्ट ग्याम्बीयर नेपलीज कम्युनिटीका अध्यक्ष ज्ञानेन्द्र पौडेलले शोकसभा कसैले आयोजना गरेको नभई माउन्ट ग्याम्बियरमा बसोबास गर्ने नेपालीहरु स्वतस्फुर्त रुपमा भेला भएको जानकारी दिनुभयो । अध्यक्ष पौडेललले कर्मका क्रममा विदेशमा रहेपनि नेपालमा परेको शोकले विदेशका नेपालीहरुको मन अमिलो भएको बताउॅदै अहिलेको शोकलाई शक्तीमा बदलेर देशको मुहार फेर्न देश र विदेशमा रहेका युवाहरुको सहकार्य अत्यावश्यक रहेको औंल्याउनुभयो ।

त्यस्तै सॅस्थाका महासचिव विवेक न्यौपानेले जेन-जी पुस्ताले ल्याएको राजनीतिक परिवर्तनले नेपालको राजनीतिक आन्दोलनले नयॅा कोर्स लिएको बताउॅदै अब देशले विकासको फड्को मार्ने आशा व्यक्त गर्नुभयो । सभामा उपस्थितहरुले मैनबत्ती बालेर मृतआत्माहरुको चीर शान्तीको कामना गरेका थिए । सहभागीहरु नेपालको झण्डा लिएर भेला भएको थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर