अस्ट्रेलियाले पनि खोल्यो नयाँ कामदार भिसा : को–को आउन पाउँछन् ?

अस्ट्रेलियाले पनि खोल्यो नयाँ कामदार भिसा : को–को आउन पाउँछन् ?
नेपालआईज
९ कार्तिक २०८२ ७:००

सिड्नी/ अस्ट्रेलियाले भारतीय स्नातक र प्रारम्भिक करिअरका दक्ष पेशेवरहरूका लागि नयाँ भिसा कार्यक्रम ‘Mobility Arrangement for Talented Early-professionals Scheme (MATES)’ लागू गरेको छ ।

यस कार्यक्रमअन्तर्गत योग्य भारतीय युवाहरूलाई अस्ट्रेलियामा दुई वर्षसम्म बस्ने र काम गर्ने अवसर प्रदान गरिनेछ । यो भिसा योजना विशेषगरी ती क्षेत्रमा दक्षता र ज्ञान भएका युवाहरूका लागि हो, जसमा नवनीकरणीय उर्जा, खानी (Mining), इन्जिनियरिङ, सूचना तथा सञ्चार प्रविधि (ICT), कृत्रिम बुद्धिमत्ता (AI), वित्तीय प्रविधि (FinTech) र कृषि प्रविधि (AgriTech) जस्ता विषयहरू समावेश छन् ।

अस्ट्रेलियाको गृह मन्त्रालयका अनुसार हरेक वर्ष ३,००० जना भारतीय आवेदनकर्ताहरूलाई ‘Subclass 403 – MATES stream’ अन्तर्गत भिसा प्रदान गरिनेछ । इच्छुक भारतीय नागरिकहरूलाई ‘pre-application ballot’ अर्थात् पहिलो चरणको चिट्ठा प्रणाली मार्फत छनोट गरिनेछ ।

चिट्ठामा चयन भएका उम्मेदवारहरूलाई मात्र भिसाका लागि आवेदन दिन निमन्त्रणा दिइनेछ । निमन्त्रणा बिना आवेदन दिन नपाइने मन्त्रालयले स्पष्ट गरेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर