अष्ट्रेलियामा पूर्व मन्त्री ग्यारेथ वार्डलाई यौन दुर्व्यवहार प्रकरणमा जेल सजाय

अष्ट्रेलियामा पूर्व मन्त्री ग्यारेथ वार्डलाई यौन दुर्व्यवहार प्रकरणमा जेल सजाय
नेपालआईज
१५ कार्तिक २०८२ २:०२

सिड्नी / न्यू साउथ वेल्स का पूर्व मन्त्री र कीआमाका पूर्व सांसद ग्यारेथ वार्ड लाई दुई युवकमाथि यौन दुर्व्यवहार गरेको अभियोगमा दोषी ठहर गर्दै ५ वर्ष ९ महिनाको जेल सजाय सुनाइएको छ।

४४ वर्षीय वार्ड लाई गत जुलाईमा अदालतले “अनुमति बिना यौन सम्पर्क”तीनवटा अश्लील दुर्व्यवहार  का मुद्दामा दोषी ठहर गरेको थियो। शुक्रबार पश्चिम सिड्नीस्थित प्यारामाटा जिल्ला अदालतमा न्यायाधीश कारा सिडले फैसला सुनाउँदै वार्डका कार्यलाई “जानाजानी र शिकारी शैलीका” भनेकी थिइन्।


“पीडितको पीडा थाहा हुँदाहुँदै पनि अपराध जारी राखियो”

न्यायाधीश सिडका अनुसार, वार्डले आफ्नो २४ वर्षीय पीडितले स्पष्ट रूपमा ‘नो’ भनेको थाहा हुँदाहुँदै पनि बलात्कार गरे।

“अपराधीले पीडितलाई दुख र असहजता भइरहेको थाहा पाउँदा पनि यौन सम्पर्क जारी राखे, जबसम्म उनले आफ्नो सन्तुष्टि प्राप्त गरेनन्,” न्यायाधीशले अदालतमा भनिन्।

उनीमाथि ५ वर्ष ९ महिनाको अधिकतम सजाय तोकिएको छ भने, ३ वर्ष ९ महिनापछि (२९ अप्रिल २०२९ मा) उनले जमानत को अवसर पाउनेछन्।


दशकअघिका दुई घटनाहरू

पहिलो घटना फेब्रुअरी २०१३ मा भएको थियो। त्यतिबेला लिबरल पार्टीका सांसद वार्डले १८ वर्षीय युवकलाई आफ्नो घरमा बोलाएका थिए, जब उनले सुने कि युवक प्रेम सम्बन्धमा समस्यामा थिए।

घरमा मदिरा सेवनपछि वार्डले युवकलाई बाहिरै अश्लील रूपमा छोए र पछि आफ्नो बेडमा चढेर दुर्व्यवहार गरे।

युवकले भनेका थिए, “म सुत्न गइरहेको छु, हट्नुस्।”
तर वार्डले जवाफ दिएका थिए — “रिल्याक्स, म तिमीलाई मसाज गर्छु।”

दोस्रो घटना २०१५ मा भएको हो, जब वार्डले संसद भवनमा भएको कार्यक्रममा सहभागी २४ वर्षीय राजनीतिक कर्मचारी लाई आफ्नो सहरको अपार्टमेन्टमा लैजाँदै यौन आक्रमण गरेका थिए।
पीडितले बारम्बार “नो” भने पनि वार्डले दुर्व्यवहार जारी राखेको अदालतमा बयान दिएका थिए।


राजनीतिक पतन र पदबाट राजीनामा

जब २०२१ मा प्रहरीले वार्डमाथि यौन अपराधको अनुसन्धान सुरु गर्‍यो, उनलाई परिवार, समुदाय र अपाङ्गता सेवाका मन्त्री पदबाट हटाइयो र क्रसबेंचमा पठाइयो।

यद्यपि, आफ्नै क्षेत्रमा उनको व्यक्तिगत समर्थन बलियो रह्यो — २०२३ को निर्वाचनमा उनी स्वतन्त्र उम्मेदवारका रूपमा पुनः विजयी भएका थिए।

तर अन्ततः, संसदले उनलाई निष्कासन गर्ने तयारी गरिरहेको बेला उनले गत अगस्टमा राजीनामा दिए। यसले उनलाई २ सय वर्षमा संसदबाट निकालिएका पाँचौं व्यक्ति बन्ने स्थितिबाट बचायो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर